शिक्षामन्त्री श्रेष्ठले भने, ‘१० दिने पर्यटन काज शिक्षकहरुका लागि पनि हो’

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पर्यटन काज शिक्षकहरुका लागि पनि भएको स्पष्ट पारेका छन् ।कतिपय शिक्षकका पेसागत संघसंस्थाहरुले बजेटमा उल्लेख गरिएको पर्यटन काजमा शिक्षकहरुलाई नसमेटिएको भनेर विरोध सुरु गरेका बेला शिक्षामन्त्री श्रेष्ठले शिक्षकहरुलाई भ्रममा नरहन आग्रह गरेका हुन् ।

 

मन्त्री श्रेष्ठले १० दिने पर्यटन काज शिक्षकका लागि भएकोले त्यसमा कसैले पनि चिन्तित हुनु नपर्ने बताएका छन् । उनले भने, ‘यो कार्यक्रममा शिक्षक पनि समावेश छन् । शिक्षक पनि राष्ट्र सेवक नै हुन् । १० दिने पर्यटन काजमा शिक्षकहरु छुट्दैनन् ।’

 

बजेटमा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलव्ध गराइने उल्लेख छ । निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गरिने बक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal