विश्वविद्यालयले रोकिएका परीक्षा सञ्चालन गर्ने मिति सार्वजनिक

काठमाडौं !!

पोखरा विश्वविद्यालयले जेठ ३१ गते देखि परीक्षा सञ्चालन गर्ने भएको छ । बुधबार बसेको ऐकेडेमीक परिषद्को बेठकले आठौं समेष्टरको परीक्षा जेठ ३१ गते देखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

सुरुमा आठौं समेस्टरको परीक्षा सञ्चालन गर्ने र त्यसको एक दुई दिन तलमाथि पारेर सातौं समेष्टरको व्याक पेपरको पनि परक् सञ्चालन गरिने पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.प्रेम नारायण अर्यालले बताउनु भयो ।

अर्यालका अनुसार परीक्षा सञ्चालन नहुँदा विद्यार्थीलाई मर्का परेकोले अनलाइन बाटै परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको र अरु रेगुलर सेमेष्टरकोे हकमा इन्र्टनल असाइनमेन्ट सकेर मात्र परीक्षा बारे निर्णय गरिने बताउनु भयो ।

अर्यालले भन्नु भयो “अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्ने निणयको सन्दर्भमा ७० प्रतिशत लिखित परीक्षा हुने र ३० प्रतिशतको मौखिक परीक्षा हुने छ ।”

लिखित परीक्षाको हकमा विश्वविद्यालयले प्रश्न तयार गरेर १ घण्टा अगाडि मात्र कलेजाई पठाइने र १५ मिनेट अगाडी कलेजले परीक्षार्थीलाई प्रश्न उपलब्ध गराउने छ ।

विद्यार्थीले प्रश्न पत्र पाएपछि तोकिएको समय भित्र उत्तर पुस्तिकाको सफ्ट कपि उल्लेखित इमेलमा पठाउनु पर्ने छ । समय सिमा भन्दा पछि पठाइएको उत्तर पुस्तिकालाई विश्वविद्यालयले मान्यता नदिइने जनाएको छ । प्रश्नको मोडेल साविकको भन्दा केहि फरक हुनेछ *** थप जानकारी पाउनाको लागि तल क्लिक गर्नुहोस***

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal