मंगलबार , मंग्सिर २१, २०७८

बर्दियामा लागु औ’ षध च’ रेस सहित तिन जना प’ क्राउ

जेठ १५, २०७८ शनिबार 123

बर्दियामा लागु औ’ षध च’ रेस सहित तिन जना प’ क्राउ

बर्दिया

ईलाका प्रहरी कार्यालय मैनापोखरले लागु औषध च’ रेस सहित ३ जनालाई प’ क्राउ गरेको छ।

हिजो ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले  बर्दियाको

बढैयाताल गाउँपालिका वडा नं.३ भोलागौडी मान्झुण्डी सामुदायीक बन नजिक ३ जना युवा शं’ कास्पद  तरिकाले उभिएर कुरा गरीरहेको

अवस्थामा फेला पारी निजहरुलाई खा’ नतलासी गर्दा उनिहरुको  साथमा रहेको कालो रंगको झोलाभित्र लागु औषध चरेस फेला परेको जानकारी जिल्ला प्रहरी कार्यलय बर्दियाले दिएको छ ।

प’ क्राउ पर्नेमा  बाँके खजुरा गाउँपालिका वडा नं.६ सिमलघारी बस्ने बर्ष २६ को कमल बिश्वकर्मा,  ऐ.ऐ.बस्ने बस्ने बर्ष ३२ को कालि बहादुर चदारा र  बर्दिया बढैयाताल गाउँपालिका वडा नं.८ शितलाबजार बस्ने बर्ष ४८ को बल बहादुर कामी रहेका छन् ।

कालो प्लास्टिकमा लुकाई छिपाई राखेको लागु औषध चरेस ६९४ ग्राम सहित तिनै जनालाई नि’ यन्त्रणमा लिइएको हो।

उनिहरुलाई अहिले लागु औषध मु’ द्दामा आवश्यक अनुसन्धान कार्य अगाडी बढाईएको जानकारी जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएको छ।