बिहिबार , अषोज ७, २०७८

भारतीय योगगुरु रामदेव पक्राउ ? दिए सरकारलाई यस्तो चे’ता’व’नी

जेठ १५, २०७८ शनिबार 20

भारतीय योगगुरु रामदेव पक्राउ ? दिए सरकारलाई यस्तो चे’ता’व’नी

भारतीय योगगुरु रामदेव पक्राउ ? दिए सरकारलाई यस्तो चे’ता’व’नी

 

भारतमा योगगुरु रामदेव फेरि पनि विवादमा परेका छन् । यसअघि कोरोना भाइरस (कोभिड–१९) बारे भ्रम फैलाएसँगै विवादमा मुछिएका उनी पछिल्लो समय भने आधुनिक औषधिको विषयमा दिएको अभिव्यक्तिको कारण विवादमा मुछिएका हुन् ।

 

हालै मात्र रामदेवले दिएको एक अभिव्यक्तिमा उनले आधुनिक औषधि लिएका हजारौं मानिसहरु कोरोना संक्रमणको कारण मृत्यु भएको बताएका थिए । साथै अक्सिजन सिलिण्डर पाउने प्रयास गरिरहेका मानिसहरुको मजाक उडाएका थिए ।

 

भारतको स्वास्थ्य प्रणालीको लागि आधुनिक र विज्ञानमा आधारित औषधि मेरुदण्डको रुपमा रहँदै आएको छ । तर, भारतमा वैकल्पिक आयुर्वेद र होमोप्याथी पनि निकै लोकप्रिय छ । रामदेवजस्ता धेरै गुरुहरुले आयुर्वेदिक औषधि र अन्य उत्पादनहरु बिक्री गरेर राम्रो व्यवसाय पनि चलाइरहेका छन् ।

 

रामदेवले आधुनिक औषधिको विषयमा दिएको अभिव्यक्तिपछि पक्राउको चर्को दबाब आएसँगै रामदेवले आफूलाई पक्राउ गर्न सरकारलाई नै चुनौती दिएका थिए । उनले एक भिडियोमा भनेका छन्, ‘पक्राउ त स्वामी रामदेवलाई तिनीहरुको बाबुले पनि गर्न सक्दैनन् । तर, हल्ला गरिरहेका छन् कि छिटै रामदेवलाई पक्राउ गर । कहिले के हल्ला चलाउँछन्, कहिले के हल्ला चलाउँछन् । कहिले ठग रामदेव, कहिले महाठग रामदेव त कहिले गिरफ्तार रामदेव । उनीहरुले हल्ला गर्दै गर्छन् गर्न देऊ ।’