खेलिरहेका केटाकेटीले गाउँ नजिकैको खोल्सामा फालिएका बोरा भित्र ५ करोड रुपैयाँ भेट्टाएपछि…

काठमाडौ ।

कहिलेकाही सोच्दै नसोको घटना हुन्छ । केही हजारका नोट भेट्टाउनु त सामान्य नै हो ।तर करोडौ रुपैयाँ फेला पर्नु सामान्य पक्कै हैन । झारखण्डमा त्यहाँका स्थानीय केटाकेटीका लागि त्यस्तै एक असामान्य घटना भयो ।

 

राज्यको एक गाउँमा हालै चउरमा खेलिरहेका बालबालिकाहरुले ५ करोड रुपैयाँ नगद फेला पारेका छन् ।गाउँनजिकैको खोल्सामा तीन वटा फालिएको बोरा भित्र ५ करोड रुपैयाँ फेला परेको हो । बोरा खोलेर हेर्दा ५ करोड रुपैयाँका बिटा देखेपछि उनीहरुको होश हवास नै उड्यो ।

 

यी नोट प्रतिबन्धित भारतीय पाँच सय र हजार रुपैयाँका नोट भएको भारतीय मिडियाहरुले जनाएका छन् । भारतिय जनता पार्टीका नेता नरेन्द्र मोदी सरकारमा आएपछि नोटबन्दीको निर्णय लिए ।निश्चित समयमा स्रोत खुलाएर नोट देखाए त्यसलाई वैध मान्ने तर नोटको स्रोत नखुलाए उल्टै भ्रष्ट्राचारमा हाल्ने निर्णयपछि मानिसहरुको भागाभाग भएको थियो ।

 

सायद त्यही बेला पचाउन नसकेका नोट फ्यालिएको हुनसक्ने भारतीय प्रहरीको दावी छ ।तीन बोराको तौल करिब एक क्विन्टल भएको बताइएको छ । भारतीय मिडियाका अनुसार सरायकेला खरसावाँ जिल्लामा दिनाइ गाउँमा यसरी धुजाधुजा पारिएका नोट भेटिएको थियो ।बच्चाहरु बोरासँग खेल्न थाले त्यही क्रममा बोरा च्यातिएर नोट बाहिर छरिएपछि सबै चकित भए । उनीहरुले गाउँलेहरुलाई बोलाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal