Saturday, October 31सुदुर मिडिया द्वारा संचालित
Shadow

रुकुम पश्चिमको आठबिसकोटमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि

रुकुम पश्चिम असोज २२ मनोज डाँगी
रुकुम पश्चिमको आठबिसकोटमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका १० र १२ स्थायी घर भइ हाल भारतबाट आएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यहि १७ गते २४ जनाको वडा नम्बर १४ को छेपारे नाकाबाट थ्रोट स्वाब संकलण गरि चौरजहारी प्रयोगशालामा पठाइएकोमा भारतबाट आएका २ महिला र एक पुरुषको रिर्पाेट पोजेटिभ आएको निमित्त प्रमुख प्रसाशकिय अधिकृत धुव्र प्रसाद लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर १० की १८ वर्षिया महिला, र वडा नम्बर १२ का २५ वर्षिया महिला र १८ वर्षिय पुरुषको कोरोना रिर्पाेट पोजेटिभ आएको छ ।  उनिहरुलाई नगरपालिका ९मा रहेको कोरोना आइसोलेसन वार्डमा राखिएको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहको बताइएको छ । यो सगैँ आठबिसकोट नगरपालिकामा कोरोना संक्रमितको संख्या १० पुगेकोमा ७ जना यस अघि उपचारपछि निको भैसकेका छन । जिल्ला कोरोना संक्रमितको कुल संख्या १ सय २२ पुगेको छ ।।