सोमबार , मंग्सिर १३, २०७८

देउवाभन्दा अगाडि ब’ हुमतको ह’ स्ताक्षर बोकेर ओली शितलनिवास

जेठ ७, २०७८ शुक्रबार 110

देउवाभन्दा अगाडि ब’ हुमतको ह’ स्ताक्षर बोकेर ओली शितलनिवास

काठमाडौं

जेठ ७

प्रधानमन्त्री केपी शर्मा ओली बहुमत सांसदको समर्थन रहेको दाबी प्रस्तुत गर्दै राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । उनले १४० प्रतिनिधि सभा सदस्यको साथ रहेको भन्दै पत्र बुझाएका छन् ।

ओलीले नेकपा एमालेका १२१ र जनता समाजवादी पार्टीका १९ सांसदको साथ रहेको दाबी प्रस्तुत गरेका छन् ।

देउवाले बहुमतको दाबीसहित हस्ताक्षर लिएर शितलनिवास पुग्नु अगावै ओली पुगिसकेको बुझिएको छ ।

ओली र देउवा दुवैले बहुमतको दाबी गरेपछि सत्ता सं’ घर्ष रोचक बनेको छ । यसअघि जसपाका १७ र माधव नेपालका २२ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।