Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

बर्दियामा ठुलाे परिमाणमा ला’गु अाैसध बरामद

बर्दिया कार्तिक ५ गते । सिमा सुरक्षाका लागि खटियकाे सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय बर्दियाले २३ किलो चरेशसहित एक महिलालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रूकुम खलंगाकि निर्मला बाठा मगर रहेकि छन भने १ महिला सहित २ पुरूषा फरार रहेकेा शसस्त्र प्रहरि सिमा सुरक्षा कार्यालय सुरजपुरका प्रहरि उपरिक्ष नरबहादुर रावतले जानकारि दिनु भयाे । सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेडक्वाटर अन्तर्गतकाे सिमा सुरक्षा चेकपाेष्ट कट्टीकाे टाेलिले २३किलो ५ सय ग्राम चरेस पक्राउ गरेकाे सस्सत्र प्रहरि सिमा सुरक्षा कार्यालय सुरजपुरले जनायकाे छ।    सहायक प्रहरि निनिरिक्षक टीकाराम मैनालीको कमाण्डमा खटिएकाे टाेलिले नेपाल भारत सिमानामा पर्ने गुलरिया नगरपालिका वडा नं १ बाट पक्राउ गरेकाे । स्थानिय बुद्धि दमाईको घरमा चरेस लुकायकाे जानकारिका अधारमा छापा मार्दा रुकुमको बाफिकोट गाउँपालिका ८ डुले बस्ने वर्ष ३८ की निर्मला बाठा मगर बाट ५.५ किलो अफिम र त्यस आसपासमा गरिएको खोजतलाशबाट १३ किलो अफिम र ५ किलो चरेश बरामद भएको हो ।   बरामद गरिएको लागू औषधको बजार मूल्य १ करोड४९ लाख बढी छ । चरेश को बजार मूल्य प्रति के जि २५ देखि ३० हजार र अफिमको बजार मूल्य प्रति के जि ८ लाख बढी रहेको छ। निर्मलाबाट गुलरिया १ सानोश्री ठेगाना उल्लेख भएको ४० वर्षीय बाल कुमारी बि क को र पाल्पा बाका मालाङ गाउँपालिका ६ का ४२ वर्षीय दान बहादुर मल्लको नागरिकता प्राप्त भएको छ । उनीबाट मोबाइल ३ थान, ब्याकअप समेत बरामद भएको छ । सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावत ले जानकारी दिनु भयो।