माओवादीका यी नेताहरु एमालेमा प्रवेश गर्दै

काठमाडाैँ ।

जेठ

नेकपा (एमाले)का प्रभावशाली युवा नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड अब प्रधानमन्त्री बन्ने कुरा सपनामात्र रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो ‘आगामी निर्वाचनबाट प्रचण्ड कमरेड सम्भवतः घरमै बस्नुहुन्छ । उहाँले चुनाव लड्ने क्षेत्र नै देखेको छैन मैले ।

नेता बस्नेतले आगामी निर्वाचन सम्ममा नेकपा माओवादी केन्द्रका हजारौँ कार्यकर्ता एमालेमा प्रवेश गर्ने दाबी गर्नुभयो ।

उहाँले एमालेको नीति एमालेको नेतृत्व भन्ने अभियान अझै बलसाली ढंगले स्थापित हुँदै जाने बताउनुभयो ।

एमालेले अल्पतमको सरकार गठन गरेसँगै अब प्रतिनिधिसभा विघटन गरेर पुनः चुनावमा जाने कोर्स सकिएको बताउनुभयो ।

उहाँले चाँडै नै जसपा र एमालेभित्रकै केही सम्भावना बोकेका नेताहरूलाइ समेटेर मन्त्रिमण्डल पुनर्गठन हुने बताउनुभयो ।

पूर्वमन्त्री समेत रहनु भएका बस्नेतले माधवकुमार नेपालले पनि प्रतिनिधिसभाको यो कार्यकालमा प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताउनुभयो ।

पार्टीभित्रका केही नेताहरूलाइ भने विगतमा व्यक्त गरेका कुण्ठाले एडजस हुन केही समय लाग्ने बताउनुभ

राजनीतिक घटनाक्रम ट्वीस्ट हुन थालेपछि सम्भावनाका परिदृश्यहरू पनि फेरिन थालेका छन् ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच इलेभेन्थ आवर मा भएको सहमतिले नयाँ नयाँ सम्भावनाहरूलाई उजागर गरिदिएको छ ।

एमालेभित्रको पछिल्लो टकराव समाधानको निकै परसम्मको क्षितिजबारे अहिले सबैभन्दा धेरै चर्चा बालुवाटारभित्रै हुन थालेको छ ।

सहमतिले राजनीतिक रुपमा सक्रिय रहनुभएका वरिष्ठ नेता माधवकुमार नेपालको भावी दिनबारे सोच्नुपर्ने भन्दै एकथरिले जोडघटाउ शुरु गरेका छन् ।

उनीहरूका अनुसार अन्यथा नभएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली अर्को एक कार्यकाल अध्यक्ष बन्नुहुनेछ ।

त्यतिञ्जेलसम्म नेता नेपालको व्यवस्थापन नगर्ने हो भने फेरि उही समस्या बल्झिने बालुवाटारको विश्लेषण छ ।

अर्का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थामा देखिएको उतारचढाव,उपाध्यक्ष वामदेव गौतमको अस्थिर प्रवृत्तिका कारण डेढ

बर्षपछि राष्ट्रपतिमा माधवकुमार नेपालको व्यवस्थापन गरिनु नै उपयुक्त रहेको निश्कर्ष निकालिएको छ ।

आगामी डेढ वर्ष पार्टीमा सक्रिय भएपनि त्यसपछिका लागि अहिले नै नेतृत्वले सोच विचारपूर्वक कदम चाल्नुपर्ने भनिएको छ ।

जनआस्थाबाट साभार

प्रतिक्रिया

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal