बिहिबार , अषोज ७, २०७८

चीनको यस्तो दा’ दागिरी सगरमाथा आ’ रोहणमा लगायो रोक

जेठ १, २०७८ शनिबार 64

चीनको यस्तो दा’ दागिरी सगरमाथा आ’ रोहणमा लगायो रोक

काठमाडौं

जेठ १

चीनले तिब्बततर्फबाट सगरमाथा आ’ रोहणमा अस्थायी रुपमा रोक लगाएको छ ।नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र

नेपालतर्फको आधारशिविरमा केही आरोहीमा सं’ क्रमण देखिएपछि चीनले उच्च सावधानी अपनाउँदै आ’ रोहणमा रोक लगाएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चिनियाँ सरकारी निकायले शुक्रबार एक सूचना जारी गर्दै सगरमाथा आरोहणको अनुमति बन्द गरिएको जानकारी दिएको छ ।

चीनले यो सिजनमा ३८ जनालाई सगरमाथा आरोहणको अनुमति दिएको जसमध्ये सबै चिनियाँ नागरिक थिए ।

तर, नेपालले भने यो सिजनमा ४०८ जनालाई आरोहण अनुमति दिएको थियो ।महामारीका कारण गत वर्ष भने दुवै देशले सगरमाथा आरोहणको अनुमति दिएका थिएनन् ।

मे महिना सगरमाथा आरोहणका लागि सबैभन्दा उपयुक्त मानिन्छ । केही आरोहीले यो साता आरोहण गरेका छन् भने केहीले यो महिनाको अन्त्यमा आरोहण गर्ने अपेक्षा गरिएको छ ।

चीनले यसअघि सगरमाथाको चुचुरोमा विभाजन रेखा कोरेर आफ्नो तर्फबाट आरोहण गरेका आरोहीलाई नेपालतर्फबाट आरोहण गरेकाहरुसँग मिसिन नदिने योजना बनाएको थियो ।