मंगलबार , मंग्सिर २१, २०७८

एन्टिजेन्ट किट्स खोज्न समन्वय प्रमुख आफै लागे काठमाडौं तिर

जेठ १, २०७८ शनिबार 132

एन्टिजेन्ट किट्स खोज्न समन्वय प्रमुख आफै लागे काठमाडौं तिर

जेष्ठ १

 

बर्दिया

 

बर्दिया जिल्ला यति खेर कोरोना भाइरसको प्रभावबाट अत्यन्त प्रभावित भएको छ। एकातिर भारतिय सीमासँग जोडिएको छ भने अर्कोतिर बाके जिल्लासँग पनि जोडिएको हुँदा कोरोनाको प्रभाव बढिरहेको अवस्था छ। बर्दिया जिल्ला स्थित विभिन्न गाउँ, वस्ती, टोल टोलमा यसको प्रभाव छ। घाटी दुख्ने, खोकी लाग्ने, शरीर थला परेका कारण बर्दियाली जनताको अवस्था सार्है नै नाजुक बनेको छ।

 

यस्ता लक्षण देखिएका व्यक्तिहरूले नजिकैको अस्पताल, स्वास्थ्य चौकी गई औषधी उपचार गराई स्वास्थ्य कर्मीसँग परामर्श वा घरै बसी आराम गरिरहेको अवस्था छ। स्थानीय तहहरूले पनि यस्ता विरामीको समयमै कोभिड जाँच गर्न सकिरहेको छैन। पिसीआर टेस्ट गर्दा पनि ५ ,६ दिनमा मात्र रिपोर्ट आउने गर्दछ जस्ले गर्दा बिरामीलाई थप गाह्रो परिरहेको  अबस्था छ।

 

गाउँघरका विरामीहरूलाई तत्काल एन्टिजेन्ट टेस्ट गरी जाँच गर्न सकिरहेको छैन। बर्दियामा हाल एन्टिजेन्ट टेस्टको अभाव भइरहेको महशुस गरेर जिल्ला समन्वय समितिका प्रमुख शंकर प्रसाद थारूले सबै पालिकाका प्रमुखसँग समन्वय गरेर पालिकाका सम्पूर्ण माग संकलन गरेर उनले १०००० एन्टिजेन्ट किट्स लिनका लागि आज मात्र काठमाडौं प्रस्थान गरेका छन्।

सम्भवतः भोलि साँझ अथवा पर्सि बिहान किट्स बर्दियाका सबै स्थानीय तहहरूमा आइपुग्ने छ। यसले गर्दा सबै विरामीहरूलाई चाहिँ जाँच गरेर औषधी उपचार गर्न र त्यस्ता संकास्पद विरामीहरूलाई चेक जाँच गर्न लाई तत्काल सहयोग पुग्ने अपेक्षा गरिएको छ। बर्दियाका पालिका प्रमुखहरूको भनाई के रहेका छ भने कम्तीमा संघीय सरकारले बर्दियालाई आवश्यक पर्ने एन्टिजेन्ट किट्स र पिसीआर परिक्षणको व्यवस्था गरिदिए सजिलो हुने  अपेक्षा गरेका छन्।