सोमबार , मंग्सिर १३, २०७८

माधव नेपाल अब राष्ट्रपति बन्दैँ

जेठ १, २०७८ शनिबार 33

माधव नेपाल अब राष्ट्रपति बन्दैँ

काठमाडौं

राजनीतिक घटनाक्रम ट्वीस्ट हुन थालेपछि सम्भावनाका परिदृश्यहरू पनि फेरिन थालेका छन् ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘इलेभेन्थ आवर’ मा भएको सहमतिले नयाँ नयाँ सम्भावनाहरूलाई उजागर गरिदिएको छ ।

एमालेभित्रको पछिल्लो टकराव समाधानको निकै परसम्मको क्षितिजबारे अहिले सबैभन्दा धेरै चर्चा बालुवाटारभित्रै हुन थालेको छ ।

सहमतिले राजनीतिक रुपमा सक्रिय रहनुभएका वरिष्ठ नेता माधवकुमार नेपालको भावी दिनबारे सोच्नुपर्ने भन्दै एकथरिले जोडघटाउ शुरु गरेका छन् ।

उनीहरूका अनुसार ‘अन्यथा’ नभएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली अर्को एक कार्यकाल अध्यक्ष बन्नुहुनेछ । त्यतिञ्जेलसम्म नेता नेपालको व्यवस्थापन नगर्ने हो भने फेरि उही समस्या बल्झिने बालुवाटारको विश्लेषण छ ।

अर्का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थामा देखिएको उतारचढाव,उपाध्यक्ष वामदेव गौतमको अस्थिर प्रवृत्तिका कारण डेढ बर्षपछि राष्ट्रपतिमा माधवकुमार नेपालको व्यवस्थापन गरिनु नै उपयुक्त रहेको निश्कर्ष निकालिएको छ ।

आगामी डेढ वर्ष पार्टीमा सक्रिय भएपनि त्यसपछिका लागि अहिले नै नेतृत्वले सोच विचारपूर्वक कदम चाल्नुपर्ने भनिएको छ ।

–जनआस्था

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुभन्दा अघि नै आफूहरुले अघि सारेका माग र मुद्दा सम्बोधन नभए माधव नेपाल पक्षले फेरि सामूहिक राजीनामा दिने चेतावनी दिएको छ ।

अहिले दुवै पक्षका ६/६ जना नेताहरु सम्मिलित उच्च तहको वार्ता भैरहेको छ । तर, जारी वार्ता सकारात्मक नभएको विश्वस्त स्रोतले जनाएको छ ।

हिजोमात्रै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच चार घण्टा लामो वार्ता गरेर विवाद हल गर्ने सहमति भएको थियो । तर, नेपालले आज आफू पक्षधर सांसद, स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटी

सदस्यहरुसँगको बैठकमा हिजोको वार्ताबारे ब्रिफिङ गरेका थिए । कतिपय नेताहरुले ओलीले आफूहरुलाई झुक्याउने काम गरेको हो कि भन्ने आशंका व्यक्त गरेका थिए ।

नेता नेपालले बजेट ल्याउनुभन्दा अघि अर्थात जेठ १५ गतेभन्दा अघि नै विश्वासको मत लिने कुरा गरेकोमा नेता नेपाल झस्किएको स्रोतको दाबी छ ।

त्यही भएर नेता नेपाल पक्षधरले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुभन्दा अघि नै आफ्ना मागहरु पूरा हुनुपर्ने अडान लिएको छ । उनीहरु आज निर्णायक वार्तामा जुटेका छन् ।

प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा। राजन भट्टराईले पार्टी धेरै अघि बढिसकेकोले अब पछि फर्कन नसक्ने दाबी गर्छन् ।

आज राति ८ बजे प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले ०७५ जेठ २ गतेपनि फर्कन नसक्ने र फागुन २८ गते यताका निर्णय पनि फिर्ता नहुने दाबी गरेका छन् ।

नेपाल पक्षले पनि प्रधानमन्त्री ओलीले झुक्याउने काम गरेको पुष्टि भए तत्काल राजीनामा दिएर नयाँ दल खोल्ने तयारी गरेको छ ।

नेता नेपालले यसबारेमा आफू पक्षधर नेताहरुलाई ब्रिफिङ गरिसकेका छन् । त्यही भएर नेपाल पक्षका नेताहरु आज निर्णायक वार्ताको लागि सिंहदरबार पुगेका हुन् । वार्ता जारी छ ।