के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ? यस्तो छ आजको सुनको मूल्य

काठमाडौं

बैशाख ३१

काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । बिहिबार घटेको छापावाल सुनको मूल्य आज तोलामा दुई सय

रुपैयाँले बढेर ९१ हजार ६ सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै हिजो सुनको मूल्य तोलामा ९१ हजार चार सयमा कारोबार भएको थियो भने आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ रहेको महासंघले जनाइएको छ ।

मन्त्री आलेको पहलमा अक्सिजन सिलिन्डर
अक्सिजना नभएर कोरोनाका बिरामी आक्रान्त भएका बेला वन

तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमाजिल्ला अस्पताल डोटीका लागि २२ थान अक्सिजन सिलिन्डर पठाइएको छ ।

जिल्लामा अक्सिजन नहुँदा कोरोना सङ्क्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएको गुनासो आएपछि मन्त्री आलेको

पहलमा जिल्ला अस्पतालका लागि अक्सिजन भरिएका २२ सिलिन्डर पठाइएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा मन्त्री आलेको पहलमा अक्सिजन सिलिन्डर पुगेपछि त्यहाँका नागरिकहरु निकै खुसी हुनुका साथै कोरोना

सङ्क्रमितलाई सहज भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरीटेन्डेन्ट केष्ण जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा हामीलाई सारै गारो थियो,

अब अक्सिजन आएपछि सहज भएको छ, मन्त्री ज्युलाई विषेश धन्नेबाद । यसैगरी मन्त्री आलेले आफ्नो व्यक्तिगत सहयोगमा जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्ने अक्सिजन ५ वटा

कन्सेन्टेचर मेसिन पठाउने बचन दिनु भएको मेडिकल सुपरीटेन्डेन्ट जोशीले जानकारी दिनुभयो ।

नेपाल समाचपत्र

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal