शुक्रबार , अषोज ८, २०७८

ओलीले माधवलाई दिए यति ठूलो उपहार, भर्खर बालुवाटारबाट आयो यस्तो तात्तातो खबर

बैसाख ३१, २०७८ शुक्रबार 56

ओलीले माधवलाई दिए यति ठूलो उपहार, भर्खर बालुवाटारबाट आयो यस्तो तात्तातो खबर

काठमाडौं

बैशाख

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल समूहका चार नेताको कारवाही फुकुवा गरेका छन्  ।

बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।

ओलीले यसअघि चारै जनालाई स्पष्टीकरण सोधेर अनुशासनको कारवाही गर्दै ६ महिनाका निलम्बन गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन राजीनामा दिन तयार रहेका नेता नेपाललाई ओलीले पद उपहारस्वरुप फिर्ता गरेका हुन् ।

माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको ? भनेका थिए।

उनले तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, का’ रबाही फुकुवा गर्नुभएछ, तपाईं का’ रबाही फुकुवा गर्ने खालको मानिस त होइन किन यसो गर्नुभयो रु भनेर जिज्ञासा राखेका थिए।

त्यसको जवाफमा ओलीले हो, कारबाही फुकुवा भयो, अरु पनि गर्ने योजना छ भनेपछि के अब त्यसो भए माधव नेपालका माग पूरा गर्दिनु हुने भो भन्दै अर्को जिज्ञासा राखेको स्रोतले जनाएको छ।

दाहालले तपाईं त निर्णय पनि देब्रे हातले गर्नुहुँदो रहेछ भनेपछि ओलीले हो हो अब निर्णय देब्रेले गरे पनि दाहिनेले गरे पनि अहिलेलाई का’ रबाही फु’ कुवा भएको साँचो भन्ने जवाफ दिएको स्रोतले जनाएको छ।

करिब पाँच मिनेट जति ओलीसँग सवाल–जबाफ गरेका दाहालले ओलीसँग गत भदौ २६ गतेको निर्णयतर्फ फर्कनसमेत आ’ ग्रह गरेका थिए।

तपाईं २०७५ जेठ २ मा फर्कन खोज्दै हुनुहुँदोरहेछ तर अब भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयतर्फ फर्केर पार्टी मिलाए भैगो नि दाहालेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

तर त्यसको जबाफमा ओलीले म अहिले यतै लागेको छु, भदौ २६ वा अन्य धेरैतिर फर्कनु छ, त्यो कुरा पछि नै विचार गरौंला भनेर फोन राखेका थिए।

नागरिक दैनिकबाट