सोमबार , अषोज ४, २०७८

बढैयातालका २ जना गरी गएको १४ घण्टामा ८ जनाको मृ’ त्यु

बैसाख २६, २०७८ आइतबार 27

बढैयातालका २ जना गरी गएको १४ घण्टामा ८ जनाको मृ’ त्यु

बैशाख २६

नेपालगन्ज ।

बाँकेमा पछल्लो १४ घण्टामा ८ जना कोरोना संक्रमितको मृ’ त्यु भएको छ ।

डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले शनिबार दिउँसो ३ बजे देखि आईतबार बिहान सम्मको मृ’ त्युको विवरण

पठाए अनुसार १४ घण्टाका बीचमा बाँकेमा उपचाररत ८ जना सं’ क्रमितको मृ’ त्यु भएको हो ।

मृत्यु हुनेमा बाँकेका ३ जना दाङ र बर्दियाका २, २ जना र कैलालीका १ जना गरि ८ जनको मृ’ त्यु भएको हो

बैशाख २१ र २२ गते भेरी अस्पतालमा भर्ना भएका बर्दिया बढैयातालका ६५ वर्षिया महिला र ३० वर्षिया महिलाको शनिबार दिउँसो ३ः२५ र ३ः४० बजे मृ’ त्यु भएको थियो भने २४ गते सोही

अस्पताल भर्ना भएकी दाङ दङ्गिशरणका ८५ वर्षिया महिलाको पनि साँझ ५ः३० बजे मृत्यु भएको थियो ।

त्यसैगरि २१ गते भेरी अस्पताल भर्ना भएका नेपालगन्ज १५ का ७३ वर्षिय पुरुषको शनिबार राती ८ बजे, बैशाख १६ गते भेरीमा भर्ना

भएकी ५३ वर्षिया महिलाको बिहान २ः३० बजे, २० गते भर्ना भएका लम्की चुहा १ कैलालीका ४३ वर्षिय पुरुषको मध्यराती १ बजे मृ’ त्यु भएको छ ।

त्यस्तै बैशाख २२ गते नेपालगन्ज मेडिकल कलेज भर्ना भएका दाङ तुलसीपुरका ४१ वर्षय पुरुषको बिहान २ बजे तथा २१ गते मेडिकल कलेज भर्ना भएका नेपालगन्ज ११ का ४३ वर्षिय पुरुषको बिहान ५ः५५ बजे मृ’ त्यु भएको हो।

आज मृ’ त्यु भएसँगै बाँकेमा जिल्ला भित्रका मृत्यु हुनेको संख्या १८० पुगेको छ भने बाहिरी जिल्लाको मृ’ त्युको संख्या १३६ पुगेको छ ।