सोमबार , अषोज ४, २०७८

देउवासँग ओलीले गरे ५ बुँदे सहमति (यस्तो छ बुदाहरु)

बैसाख २५, २०७८ शनिबार 20

देउवासँग ओलीले गरे ५ बुँदे सहमति (यस्तो छ बुदाहरु)

काठमाडौं

बैशाख

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिने भनेपछि यसबारे छलफल गरी आवश्यक रणनीति तय गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक राखेका हुन्।

बूढानीलकण्ठमा कांग्रेस सभापति देउवासँँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी छन् ।

जेठ ६ गतेका लागि बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेले गृहमन्त्री बादललााई उम्मेदवार बनाउने निर्णय गरेको छ भने विपक्षी गठबन्धनले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने सहमति गरेको छ।

यो सहमति लगत्तै प्रधानमन्त्री ओलीले देउवासँग समसामयिक राजनीतिक विषयमा शीर्ष नेताका साथमा छलफल सुरु गरेका हुन्।

माओवादीबाट निर्वाचित बादलले उनको दल माओवादी केन्द्र त्याग गरेपछि रिक्त राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो।

बूढानीलकण्ठको यो भेटलाई वैशाख २७ गतेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको विशेष अधिवेशनको तयारीको रुपमासमेत हेरिएको छ।

प्रधानमन्त्री ओलीले सोमबारबा लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेका छन्। अधिवेशनको प्रयोजन भने विश्वासको मत लिने रहेको छ।