Monday, November 30सुदुर मिडिया द्वारा संचालित
Shadow

खाध्य ब्यवस्था तथा ब्यापार कम्पनिले थप१ हजार खसि बाेका भित्रउ्ने तयारि

कार्तिक ४ । दशै नजिकिदै जादा खसि बाेकाकाे माग अध्याधिक बढे पछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थप खसीबोका किनेर बिक्रि गर्ने निर्णय गरेको छ । खाध्य ब्यवस्था तथा ब्यापार कम्पनीको मंगलबार बसेको बैठकले थप एक हजार खसीबोका किन्ने निर्णय गरेको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिनु भयाे ।

            चाड पर्वकाे समयमा सर्वसाधारणकाे लागि ‘खाद्यबाट खसीबोका किन्न सर्वसाधारणले निकै चासाे देखाउनु भयो, प्रत्येक दिन सर्वसाधारणकाे चाप बढेपछि एक हजार थप खसीबोका खरिद गर्ने निर्णय गरियो,’ सुवेदीले बताउनु भयाे ।सोमबारदेखि बिक्री सुरु गरेकाे कम्पनिले मंषलबार सम्म ७ सय वटा खसी बोका बिक्री भएको जनाएको छ । सोमबार ५४० र मंगलबार १६० वटा खसीबोका बिक्री भएको कम्पनिले जनायकाे छ । पहिलो लटमा ल्याउने निर्णय भएको एक हजारमध्ये मंगलबार बेलुकीसम्म बाँकी खसी बोका काठमण्डाै पुग्ने कम्पनिले जनायकाे छ ।

बजारमा निजी क्षेत्रका व्यापारीले भन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिउँदो खसीबोका प्रतिकिलो एक सय रुपैयाँ सस्तोमा बिक्री गरेको छ । प्रतिकिलो ५६० रुपैयाँ मूल्य तोकेर त्यसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर खाद्यले ५५० रुपैयाँमा खसीबोका बिक्री गरिरहेको जनायकाे छ ।

        यसवर्ष कम्पनीले झण्डै ६ करोड रुपैयाँको तीन हजार खसी बोका र च्याङ्ग्रा खरिद गर्ने तयारी गरेको थियो । तर च्याङ्ग्राको भाउ अत्याधिक बढेकाले खरिद गर्न समस्या परेकाे छ । काेराेना संक्रमण बढि रहेका बेला मखसि बाेकाकाे ब्यापार कम हुन देखिय पछि पहिला सुरुमा एक हजार मात्रै खसी बोका कम्पनिले खरिद गरेको थियो ।