Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

दैलेखमा ट्रिपर दुर्घटना बिस्तृृत बिवरण अाउन बाकि

मनोज डाँगी  कार्तिक ४ गते । दैलेखको गुराँस गाउँपालिकाको बान्द्रेमा टिप्पर दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । सियाकोट–तल्लोडुंगेश्वर सडक खण्डको बान्द्रेमा सुर्खेत आउँदै गरेकाे टिप्पर दुर्घटनाहुँदा दुई जनाको घटनास्थलमै मृ~त्यु भएको छ भने एक जना घाइते भयका छन् ।
टिप्पर सडकबाट लोहोरे खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयाे । ‘टिप्पर नम्बर र मृत्यु हुनेको पहिचान खुलेको छैन्’ डिएसपी श्रेष्ठले बताउनु भयाे । , दुर्घटना लगत्तै ‘प्रहरी घटनास्थलमा पुगेकाले केही समयमा विस्तृत विवरण आइपुग्छ ।’ स्थानीयका अनुसार टिप्पर सडकबाट झण्डै तीन सय मिटर तल खोलामा खसेको छ । घाइतेकाे तल्लाेडुंगेश्वरकाे स्थानीय मेडिकलमा उपचार भइरहेकाे छ ।