Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

दैलेखमा बस दुर्घटना एककाे मृ~त्यु १४ घाईते

मनोज डाँगी कर्तिक ४, दैलेख ।
दैलेखमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृ~त्यु भएको छ । सुर्खेतबाट दैलेखको जम्वुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस दुर्घटना हुँदा सवारी चालकको घटनास्थलमै मृ~त्यु भएको हो ।
कर्णाली राजमार्गको तल्लोडुङ्गेश्वर नजिकै सडकमा रोकिएको टिप्परमा बस ठोक्किदा वीरेन्द्रनगर नगरपालिका घर भएका चालक ललित नेपालीको मृ~त्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । उनकाअनुसार बसमा सवार १४ जना यात्रु घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय मेडिकलमा उपचार भइरहेकाे छ । बसकाे ब्रेकफेल भएर सडक किनारामा राेकिएकाे टिप्परमा ठाेकिएकाे प्रारम्भीक अनुसन्धानबाट खुलेकाे श्रेष्ठले बताए । घटनाबारे थप अनुसन्धान गर्न प्रहरी घटनास्थलमै रहेकाे श्रेष्ठले जनाए ।