पल शाहले शुरु गरे निशुल्क अक्सिजन अभियान, कोही नेपाली म’ र्दैन अब अक्सिजन नपाएर

काठमाडौं

बैशाख

काठमाडौ । कोरोना संक्रमित भएर पनि अक्सिजनको अभावमा जोखिममा परेकाहरुलाई बचाउन अभिनेता पल शाहले अभियान सुरु गरेका छन् ।

उनले अक्सिजन नपाएर अस्पतालमा भर्ना भएका सं’ क्रमितको ज्यान बचाउन अभियान सुरु गरेका हुन् ।

उनले अक्सिन सिलिण्डरको अ’ भाव कम गर्नका लागि अभियान सुरू गरेको बताएका हुन् । **भिडियो हेर्न तल क्लिक गर्नुहोला**

अक्सिजन नपाएर समस्यामा परेका अस्पतालहरुलाई २, ३ दिनभित्रै सहयोग पुग्नेगरी काम थालेको उनले जानकारी दिएका छन् ।

अभिनेता शाह यस्ता विपत्तीमा सहयोग गर्दै आएका छन् । अघिल्लो पटकको महामारीमा पनि समस्यामा परेकाहरुलाई घर घरमै पुगेर सहयोग गरेका थिए ।

आर्थिक रुपले विपन्न र लकडाउनका कारण खानै नपाएकाहरुलाई उनले राहत दिएका थिए । यो पटक भने संक्रमितलाई सहयोग गर्ने उनले बताएका छन् ।

अक्सिजन नपाएर अस्पतालमा समस्यामा परेकाहरूलाई सहयोगका लागि हामी अक्सिजन सिलिण्डर जम्मा गर्दैछौं।

उनले अक्सिजन पाएको भएपनि सिलिण्डर नपाएकाले त्यसको खोजी थालेको बताएका छन् ।

आफ्नो समुहले थन्किएका सिलिण्डर जम्मा गर्ने अभियान सुरु गरेको बताएका छन् ।

उनीहरुले विभिन्न संघ संस्थासंग मिलेर अक्सिजन किनेर अस्पतालहरुमा सहयोग गर्ने बताएका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला**

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal