प्रधानमन्त्रीसँग ड’ रायो माधव नेपाल समूह, प्र’ चण्डलाई प्रधानमन्त्री बनाउन रच्यो यस्तो ष’ डयन्त्र

काठमाडौं

बैशाख

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिने भनेसँगै माधव नेपाल समूह आ’ त्तिएको छ ।

विश्वासको मत प्राप्त गरे पनि अथवा फेल भए पनि दुबै अवस्थामा ओलीलाई फाइदा हुने भएपछि नेपाल समूह सं’ कटमा परेको छ ।

विश्वासको मत लिँदा भोट हाले ओलीले निरन्तर पाउने र नहालेर फ्लोर क्रस गरे पनि ओलीले नै जित्ने तथा कार्यकर्ता र पार्टी पंक्तिमा आफूहरुको इमेज ध्वस्त हुने डर माधव नेपाल समूहलाई छ ।

ओलीको कदमले डराएको माधव समूहले तेस्रो विकल्प निकालेको छ । त्यो भनेको विश्वासको मत लिनुअघि सामूहिक राजीनामा दिने, विश्वासको मत फेल गराउने, अंकगणितमा पनि

कमजोर पारेर शेरबहादुर देउवा वा प्रचण्डलाई प्रधानमन्त्री बनाउन रणनीति माधव समूहले अपनाएको छ ।

सामूहिक राजीनामा दिएर, आफ्नो सांसद पद नै गुमाएर जसरी पनि ओलीलाई हटाउने चाल माधव समूहले चालेको छ ।

त्यसो ओलीलाई सत्ताबाट ह’ टाएर माओवादीसँग सहकार्य गर्ने रणनीतिमा माधव समूह रहेको बताइन्छ ।

अझ केहीले माधव र प्रचण्ड मिलेर एउटै पार्टी समेत बनाउने तयारी भइरहेको बताउँछन् ।

यद्यपि अहिले भने माधव समूहले विश्वासको मत अघि नै राजीनामा दिने खबर बालुवाटारलाई जानकारी गराइसकेको छ ।

बालुवाटार स्रोतले राजीनामा दिन लागेको जानकारी आएको तर यो माधव समूहको बार्गेनिङ टुलका रुपमा लिएको बतायो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिन लाग्दा नेकपा एमालेभित्र नयाँ घटना विकास हुन लागेको हो ।

प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल एमालेको हाल १२१ प्रतिनिधि सभा सदस्य संख्या छन् ।

नेपाल समूहका २१ प्रत्यक्ष निर्वाचितले राजीनामा दिएमा १०० मात्र बाँकी रहन्छ । त्यस्तो अवस्थामा ओलीको विश्वासको मत गुम्ने निश्चित प्राय हुन्छ ।

ओलीले सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्री बन्ने सम्भावना पनि समाप्त हुन सक्छ ।

काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष मिलेर बहुमतको सरकार गठनको सम्भावना बलियो हुन्छ । जसका कारण ओली पदबाट हट्ने परिस्थिति निर्माण हुनसक्छ ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal