Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

केराउ तस्करले असई र जवानकाे ह’त्या गरेकाे खुलासा

कैलालि कार्तिक ४ गते । बिदेशबाट नेपाल भित्रने गरेकाे सेताे केराउ भारत तस्करि हुने गरेकाे छ । नेपालका लागि सहुलियत दरमा अाउने गरेकाे सेताे केराउ तस्करहरूले खुला सिमानाकाे फाईदा उठाउदै भारत पुर्याउने गरेकाे तथ्य प्रमाणित भयकाे छ । कैलालिमा पनि मटर तस्करी रोक्न खोज्दा कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्या भएको खुलेको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरिले ७ जनालाई पक्राउ गरेकाे छ । हत्यामा संलग्नमा पक्राउ परेका ७ जनाले असई गाेविन्द विक र राम बहादुर साउदको हत्या गरेको स्वीकार्दै तस्करीमा अवरोध गरेकै कारण घटना भएको बुझियकाे छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक मुकेश सिंहका अनुसार घटनामा संलग्न भएकाे हुनसक्ने आशंकाका आधारमा समातिएका १३ जनामध्ये ६ जनाको संलग्नता देखिएको छैन भने अन्यले अभियोग स्वीकारेका छन् ।

शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि गएका वेला असई विक र जवान साउद तस्कर समूहको निशानामा परेका थिए । गाेविन्द बिककाे शव आइतबार मोहना नदीमा भेटिएको थियो भने रामबहादुर साउदको भेटिएको थिएन ।

सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीका अधिकारीहरुले खोज्दा पनि शव नभेटिइरहेका वेला पक्राउ परेका अभियुक्तले दुवैको हत्या स्वीकारेपछि खोजीलाई थप साँघुरो बनाइएको थियो । यसक्रममा गाेविन्द विकको शव भेटिएको स्थानबाट २ सय मिटर उत्तर–पूर्वतर्फ मंगलबार जवान राम बहादुर साउद भेटिए ।

कसरि मारिय गाेविन्द
तस्करी रोक्न खोज्दा मारिए असई गोविन्द
जमिनबाट करिब आधा फिट बालुवामा गाडिएको अवस्थामा उनको शव भेटिएको एसएसपी सिंह बताउँछन् । उनका अनुसार खाल्डोमा शवलाई फ्याकिएको थियो भने त्यसक्रममा बालुवा बगाएर पुरिएको पनि हुनसक्छ । जवान साउदको टाउकोमा लाठी र गद्र्धनमा फरुवाको जस्तो चोट देखिएको छ । असई विकको हराएको पेस्तोल र मोबाइल पनि नजिकै भेटिएको प्रहरिले जनायकाे छ ।