मंगलबार , मंग्सिर २१, २०७८

भर्खरै ओलीले गरे यस्तो निर्णय, गृहमन्त्रालय जसपाले समाल्ने

बैसाख २०, २०७८ सोमबार 133

भर्खरै ओलीले गरे यस्तो निर्णय, गृहमन्त्रालय जसपाले समाल्ने

काठमाडौं

बैशाख

जनता समाजवादी पार्टी आन्तरिक किचलोमा फसेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने

विषयले लामो समयदेखि आन्तरिक बहस सृजना गरेको जसपामा अब मन्त्री पदले विवाद ल्याइदिएको छ ।

प्रधानमन्त्री ओलीले जसपाको माग सम्बोधन गर्नेक्रममा गत बुधबार १२० जना जसपा नेता कार्यकर्ताको सरकारवादी मुद्दा
फिर्ता लिने मन्त्रिपरिषदबाट निर्णय गराएका थिए । यसपछि जसपामा निकै हलचल ल्याइदिएको छ ।

महन्थ ठाकुर पक्ष ओली सरकारलाई समर्थन गर्नुपर्ने पक्षमा देखिँदा उपेन्द्र यादव समूह ओली सरकारको विकल्पमा जानुपर्ने पक्षमा रहँदै आएका थिए ।

तर, केही समयअघि सरकारले आफूहरुको माग सम्बोधन गरेमा सरकारमा सहभागी हुन यादव पक्षधर पनि राजी भएको थियो ।

जसपालाई गृहमन्त्रालयसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्री ओली सहमत भएका स्रोतको भनाइ छ ।

करिब ८/१०वटा मन्त्रालय जसपालाई दिन प्रधानमन्त्री ओली राजी भए पनि कसले कुन मन्त्रालय लिने भन्ने विषयले भने जसपामा भूइँचलो ल्याइदिएको टिप्पणी हुन थालेको छ ।

विशेषगरी ठाकुर र यादव समूहमा कसले गृहमन्त्रालय लिने भन्ने विषयले जसपामा विवाद सृजना गरेको छ । जस कारण जसपा सरकारमा सहभागी हुने निर्णय ढिलाइ भइरहेको स्रोतको भनाइ छ ।

सुरु देखिनै महन्थ, राजेन्द्र महतो अर्थात राजपाधार ओली सरकारलाई समर्थन गर्ने पक्षमा रहँदै आएका थिए ।

तर, उपेन्द्र यादव, बाबुराम भट्टराई अर्थात समाजवादी पार्टी नेपाल खेमा भने ओली सरकारको विकल्प खोज्दै आएको थियो ।

पछि आन्तरिक छलफलमा यादव ओली सरकारलाई समर्थन गर्न राजी देखिएका थिए ।