बिहिबार , अषोज ७, २०७८

पल शाह बैवाहिक जीवनमा बाधिदै , यो मितीमा गर्दैछन् उनी बिहे?

बैसाख २०, २०७८ सोमबार 103

पल शाह बैवाहिक जीवनमा बाधिदै , यो मितीमा गर्दैछन् उनी बिहे?

काठमाडौं

बैशाख

पल शाह एक चर्चित मोडल तथा नायक हुन् । उनको जन्म सन् १९८९ सेप्टेम्बर १५ मा दाङमा पल भएको हो । उनकाे न्वारनकाे नाम भने पूर्ण बिक्रम शाह हाे ।

उनका बुवा स्थानीय राजनीतिज्ञ हुन भने आमाले पसल चलाउनुहुन्थ्यो । उनको एक बहिनी पनि छिन् । बाल्यकाल दाङमानै बिताएका पल शाहले स्थानीय गंगा उच्च माविमा स्कूले जीवन बिताएका थिए ।

स्कुलको पढाइ सकेपछि उनी उच्च शिक्षा र अबसरको खोजिमा काठमाडौँ आए । त्यसपछि सुरु भयो उनको अभिनय यात्रा ।

म्युजिक भिडियो- उनको पहिलो भिडीयो ‘तिम्रो यादमा रहन्छु अचेल’ जसले उनलाई चर्चित बनायो । उनले २ भन्दा भन्दा बढी भिडीयो गरिसकेका छन् ।

उनले फिल्मी क्षेत्रमा ‘नाई नभन्नु ल ४’ बाट डेब्यु गरेका हुन । उनी यस क्षेत्रमा २०१२ देखी हालसम्म कार्यरत छन् । यति मात्र नभई पल सामाजिक सेवामा समेत सक्रिय रहेका छन् ।

तिम्रो यादमा रुन्छु अचेल बोलको गीतमा अभिनय गरेपछि सुरु भएको उनको अभिनय यात्रा एकपछि अर्को अबसर सँगै सफल बन्दै गयो ।

उनले अहिले करिब २ सय म्युजिक भिडियोमा अभिनय गरेका उनको धेरैजसो गीत चर्चित छन् । पछिल्लो समय पललाई निकै ब्यस्त कलाकारको रुपमा पनि चिनिन्छ ।

फिल्मी यात्रा– सन् २०१६ मा ‘नाइ नभन्नु ल-४’ बाट पल शाहको फिल्मी यात्रा सुरु भयो । जुन ‘नाइ नभन्नु ल’ सिक्ययलमा बनेको थियो ।

यो चलचित्र बक्स अफिसमा निकै सफल पनि भयो । यसै चलचित्रबाट उनले बेष्ट ‘डेब्यु आर्टिष्टको’ अवार्ड समेत हात पारे । तर उनी नायकका रुपमा भन्दा पनि मोडलका रुपमा दर्शकमाझ निकै परिचित छन् ।

पारिश्रमिक कति- रिल लाईफका चक्लेटी मोडल तथा नायक पल शाहले एउटा भिडियो खेलेको मिनिमम एकदेखि डेढ लाख रुपियाँ लिने गरेका छन् ।

पारिश्रमिक कति लिने भन्ने कुरा गीत हेरेर हुन्छ। दोहोरी गीत छ, लामो र लेट छ भने डेढ लाख लिन्छन्, छोटो मीठो गीतको म्युजिक भिडियोमा एक लाख रुपियाँ लिने गरेका छन् ।

प्रेम सम्बन्ध- बिभिन्न समयमा उनका प्रेम सम्बन्धका विषयलाई मिडियाहरुमा गसिप चलिरहन्छ । उनको केही मोडल तथा नायिकाहरुबीच पनि अफेयर चलिरहेको बताइन्छ ।

केही समय अगाडि पल र आँचल शर्माको सम्बन्धलाई लिएर मिडियामा बढी चर्चा हुने गरेको थियो । सबैले यो जोडीलाई आँप जोडिको रुपमा चिन्ने गरेका थिए ।

तर पलले पहिले देखि नै असल साथीबीचको सम्बन्ध भएको तर्क गर्दै आएका छन् । यस्तै म यस्तो गीत गाउँछु चलचित्रमा अभिनय गरिसकेपछि पुजा शर्मासँगको सम्बन्धले पनि चर्चा पाएको थियो ।

रमाईलो किस्सा – पल शाहले एक अन्तरबार्तामा भनेका थिए “नायक भनेको राजेश हमाल जस्तो हुनुपर्छ जसले हामी जस्तो धेरै युवाहरुलाई चलचित्र हेर्न उत्साह दिनुभएको छ ।

राजेश हमालको चलचित्र लाग्दा हामी पैसा चोरेर टिकट काटेर हेर्नेगर्थ्यौ । टिकट पाउन मुश्किल हुँदा कत्ति लडेको छु तर अन्त्यमा राजेश हमाललाई पर्दामा हेर्दाको मज्जा बेग्लै हुन्थ्यो । राजेश हमालकै चलचित्र हेरेर मलाई पनि चलचित्रमा हिरो बनुम लाग्थ्यो ।”

पल शाहले जिवनमा धेरै संघर्ष गरे । जब दाङ छोडेर काठमाडौं छिरे त्यसपछि सुरु भयो उनको संघर्षको यात्रा । उनी संग जिन्दगीका धेरै तितामिठा क्षणहरु छन् । कुनै समय उनलाई खाजा खाना पनि धौ धौ हुने गरेको थियो ।

बिस्तारै जब म्युजिक भिडियोमा उनको पाइला अघि बढे त्यसपछी उनको जीवन फनक्कै मोडियो । बिस्तारै उनी दर्शक स्रोताको रोजाईमा पर्न थाले । म्युजिक भिडियो बाट सुरु भएको उनको यात्रा फिल्मी क्षेत्र भित्र पनि प्रबेश गर्‍यो । उनले खेलेका केही फिल्म हिट पनि बने । तर उनलाई म्युजिक भिडियोले जति साथ जिन्दगीमा कुनै कुराले पनि दिएन ।

बिहे कहिले – पलले केही समय अगाडि आफूले घर किन्न लागेको बताएका थिए । उनले बुढानिलकण्ठमा ५ आना जग्गा किनेर घर बनाउने तयारी गरेको बताएका थिए । पलले भने–‘अब आफै घर बनाउने तयारीमा छु ।

इन्जिनियरहरुसँग बसेर घरको डिजाइन निकालेपछि काम सुरु गर्छु ।’ बिहे कहिले गर्ने भन्ने प्रश्नमा पलले घर बनाइसकेपछि मात्र बिहे गर्ने बताएका थिए ।

उनले भनेका छन् –‘फ्यानहरुले बिहे कहिले गर्ने भनेर सोधिरहनुभएको छ । पहिला सबै बन्दोबस्त मिलाउनुपर्छ । घर बनाइसकेपछि बिहे गर्ने योजना छ । यसका लागि केही बर्ष लाग्छ होला ।’