त्रिपाठीले धोका दिएपछि प्रधानमन्त्री आ’ क्रोशित, स्वास्थ्य मन्त्रीलाई यस्तो का’ रवाही गर्दै ओली?

काठमाडौँ

बैशाख

काठमाडौं। लुम्बिनीमा शंकर पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका स्वतन्त्र दुई सांसद धर्म बहादुर लाल श्रीवास्तव र अजय शाहीले घात गरेका छन्।

एमालेको सहयोगमा सूर्य चिन्ह लिएर स्वतन्त्र समूहमा प्रदेशसभा सदस्य निर्वाचिन दुबै जना हृदयश त्रिपाठीका कार्यकर्ता हुन् ।

सुरुमा पोखरेललाई सहयोग गरेर मुख्यमन्त्री बनाउन मद्दत गरेका दुबैले प्रदेश प्रदेश धर्मनाथ यादवले नियुक्त गरिसकेपछि

माओवादीका कुलप्रसाद केसीको पक्षमा उभिएका छन् । पोखरेललाई दिएको समर्थन फिर्ता लिएर घात गरेका छन्।

केन्द्रमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको कृपाले प्रतिनिधिसभा निर्वाचन सूर्य चिन्हबाट जितेर

स्वास्थ्यमन्त्री बनेर खाइरहेका हृदयश त्रिपाठीका कार्यकर्ताले प्रधानमन्त्रीका विश्वासपात्र लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेललाई धोका दिएपछि प्रधानमन्त्री क्रुद्ध बनेका छन्।

प्रधानमन्त्री ओलीले बालुवाटारमा आफू निकटस्थसँग परामर्श गर्दैगर्दा हृदयशले धोका दिएको भन्दै आक्रोश पोखेका थिए ।

बालुवाटार स्रोत भन्छ, ‘लुम्बिनीमा पोखरेललाई धोका दिएपछि प्रधानमन्त्री आक्रोशित हुनुहुन्छ । यसको हिसाब किताब हुन्छ।

उनका अनुसार हृदयश त्रिपाठीलाई स्वास्थ्यमन्त्रीबाट बर्खास्त गर्ने तयारी छ । त्यसो कोभिड महामारीमा त्रिपाठीको पर्फमेन्स पनि राम्रो छैन।

यस्तोमा लुम्बिनीमा धोका दिएपछि प्रधानमन्त्रीले बर्खास्त गर्न लागेका हुन् । भोलिसम्ममा बर्खास्त भइसक्ने स्रोतको दाबी छ।

प्रतिक्रिया

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal