लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए रा’ जीनामा

काठमाडौँ

बैशाख

१९ वैशाख,

काठमाडौं ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रा’ जीनामा दिएका छन् ।

उनले प्रदेश प्रमुखको कार्यालयमा रा’ जीनामा पेश गरेका हुन् ।

आजको विशेष अधिवेशनमा पोखरेल नेतृत्वको सरकारविरुद्ध विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्तावमा छलफल थियो ।

सत्ता पक्ष र विपक्षी दलका सांसदहरुले आ–आफ्ना धारणा राख्ने कार्यक्रमअघि नै उनको राजीनामा आएको हो ।

सोमबार अविश्वास प्रस्तावमाथि मतदान हुने कार्यक्रम थियो । विपक्षी दलले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेका थिए ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

 

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal