बुधबार , कार्तिक ३, २०७८

हार्दिक बधाई यी दृष्टिविहीन जसले शिक्षक सेवा आयोगको परिक्षामा एक नम्बरमै निकाले नाम

बैसाख १८, २०७८ शनिबार 89

हार्दिक बधाई यी दृष्टिविहीन जसले शिक्षक सेवा आयोगको परिक्षामा एक नम्बरमै निकाले नाम

काठमाडौँ

बैशाख

उमेरमा भर्खरै ३६ टेकेका कलाधर भण्डारीलाई झट्ट देख्नेले दृष्टिविहीन भनेर ठम्याउन सक्दैनन् ।

खाइलाग्दो शरीर, आँखामा चस्मा, निडर स्वभाव, चिटिक्क कपाल, कोटपाइन्टमा सजिने कलाधर आँखाले सृष्टि नदेखेका युवा हुन् ।

सृष्टि नदेखेपनि अध्ययन र भरिएको ज्ञानले उनले विश्व देखेका छन् ।

***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला******लुम्बिनी प्रदेशको बर्दिया जिल्ला बडैयाताल गाउँपालिका–६ रानीपुरमा जन्मिएका भण्डारी स्थायी शिक्षक हुन् ।

भाग्यले ठगिए पनि कर्ममा लगनशील भएर अगाडि बढेका कलाधरले जीवनमा कहिल्यै हन्डर/ठक्कर खाएनन् ।

भण्डारीको लगनशीलताले दिनचर्या मात्र होइन, जीवनशैली पनि फेरियो । दृष्टि नभए पनि उनलाई कसैले अवरोध गरेन । उनी अगाडि बढिरहे, सफलता चुमिरहे ।

देशभर अपाङ्गता भएकाहरूको अधिकार र उनीहरूलाई समाजमा स्थापित गर्न पथ प्रदर्शकको रूपमा भण्डारी लागेका छन् ।

नेपाली समाजले अझै पनि फरक क्षमता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा सुधार गर्न लामो यात्रा जरुरी रहेको उनी बताउँछन् ।

***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****