Friday, November 27सुदुर मिडिया द्वारा संचालित
Shadow

प्रदेश राजधानिमा जग्गा खरिद बिक्रिमा प्रतिबन्ध

दाङ, कात्तिक ४ गते । राप्ती गाउँपालिकाले लुम्बिनि प्रदेशको राजधानी क्षेत्र देउखुरीमा हुन सक्ने जग्गा खरिद बिक्रिकाे गैरकानूनी जग्गा कारोबार बन्द गर्न आग्रह गरेको छ । गाउँपालिकाले सोमबार सूचना प्रकाशन गर्दै बन्द नभए कठोर कदम चाल्ने र खरिद बिक्रिमा संलग्न जाे सुकैलाई कडा कारबाहि गर्ने चेतावनी दिएको छ ।                       ५ नं प्रदेशकाेफ तत्कालिन प्रदेशसभाबाट गत असोज २० गते राप्ती उपत्यका (देउखुरी) लाई स्थायी राजधानी बनाउने र प्रदेशकाे नाम लुम्बिनि राख्ने प्रस्ताव पारित भएको थियो । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएका क्षेत्रमा राप्ती गाउँपालिकाको क्षेत्रसमेत पर्ने भएकाले सो क्षेत्रभित्र जग्गाको किनबेच हाल रोक्का गरिएको जानकारी दिनु भयाे उहाले भन्नु भयाे हामिले राेक्का राखेका छाै नमाने कारबाहि हुन्छ । कुनै पनि व्यक्तिलाई जग्गा गैरकानूनी किनबेच नगर्न तथा नगराउन समेत गाउपालिकाले अनुरोध गरेका छ । गाउँपालिकाले आफ्नो भूउपयोग नीति तयार गरेकाले सबै क्षेत्रमा घर घडेरीका रुपमा जग्गा विकास गर्न नमिल्ने पनि जानकारी गराएको छ । प्रदेश सरकारबाट राजधानीको पूर्वाधार तयार पार्ने सम्बन्धमा जग्गाको लगत सङ्कलन गर्ने कार्य भइरहेको छ । लगतका आधारमा गुरुयोजना तयार गरिसकेपछि मात्र जग्गा किनबेच तथा अन्य कार्य हुने सम्भावना भएकाले हाल जग्गाको कुनै पनि कारोवार गर्न निषेध गरिएको छ ।
प्रदेश तथा स्थानीय सरकारले जग्गा रोक्का राखेका अवस्थामा गैरकानूनी कागजात÷तमसुक गरी गरिएका खरीदबिक्री मान्य नहुने र कागजात पनि जफत हुने अध्यक्ष सुवेदीले बताए ।        मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा ३६ मा रु ५० हजारभन्दा बढी रकमको घरसारमा तयार भएको लिखत सम्बन्धित पक्षका उपस्थितिमा वडा समितिको कार्यालयबाट प्रमाणित गराउनुपर्ने प्रावधानसमेत रहेकाले प्रमाणित नगराइएका उक्त काजगात आधिकारिक नहुने जनाइएको छ । रासस