Saturday, October 31सुदुर मिडिया द्वारा संचालित
Shadow

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय द्रारा यात्रु वर्गहरुको सहजताका लागि यात्रु सहायता कक्ष स्थापना

नजिकिदै गरेको वडा दशै,शुभ दिपावली तथा छठ पर्वको अवसरमा हुने यात्रु बर्गहरुको चापलाई व्यवस्थित गर्न,सिमा नाकाहरुमा यात्रुहरु माथि हुने दुर्ब्यवहार हुन गर्न नदिनको लागि, यात्रुहरुलाई आवत जावतमा सहज वातावरण मिलाउन,सार्वजनिक यातायातका सवारीहरुमा यात्रुहरुलाई हुन सक्ने हैरानी, बढी भाडा अशुली तथा असहजता व्यवस्थापन गर्न र सुरक्षित यात्रा गराउनको लागी कर्णाली प्रदेश राजधानी सुर्खेतमा आउदै गरेको महान चाड को अवसरमा सवारी साधन मा सवार यात्रुहरुको पिर . मर्का. गुनासो सुनि सवारी साधन लाई कारबाही गरि सहयोग गर्ने यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
बिरेन्द्र नगरपालिका सुर्खेतमा अत्तरिया बसपार्कमा यात्रु सुर्खेत बसपार्क बाट बिभिन्न स्थानमा छुट्ने सवारी साधनहरुलाई सुर्खेत बसपार्कमा कर्णाली प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंह,जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक राजेन्द्र भट्ट तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक उदय सिंह सिजापति बाट व्यानर देखाई विधिवत रुपमा जेष्ठ नागरीक,अपाङ्गं,महिला तथा बालबालिक,ब्याारिसे अवस्वथामा रहेका झोला तथा मालसमानहरुको सहजताका लागी यात्री सहयता कक्षको स्थापना गरी संचालन ल्याएको छ ।
चालक तथा सहचालकहरु भाडादर सम्बन्धि अनिवार्य मास्क सेनिटाइजर लगाउनु पर्ने भनेर यात्रु सहायता कक्ष संचालन गरिएको ।
साथै कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राकेश सिंह बाट बसपार्क तथा सवारी साधनहरुमा सवाररत यात्रुबर्गहरुलाई मास्क सेनिटाइजर लगाउनु पर्न भन्दै ट्राफिक सम्बन्धि केहि नियम समेत जानकारी दिनु भएको छ ।साथै कर्णाली प्रदेशमा रहेका सम्पूर्ण जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहतका सम्पूर्ण अस्थाई ट्राफिक प्रहरी पोष्टहरुमा समेत यात्रु वर्गहरुको सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको कर्णाली प्रदेश ट्राफिक प्रमुख सिंह भनाइ छ ।             यस्तै विभिन्न ठाउँमा रहेका अस्थाई ट्राफिक पोष्टमा यात्रु सहायता कक्ष स्थापना हुने ट्राफिक प्रमुख सिंह ले बताए । कर्णाली प्रदेश मातहतका ट्राफिक प्रहरी “जिल्ला ट्राफिक प्रहरीको अभिलाषा, प्रबिधिमैत्री ट्राफिक व्यवस्थापन स्थानिय तहको सहभागिता” भन्ने नाराका साथ जिल्लाका बिभिन्न स्थानमा यात्रु सहायता कक्ष निमार्ण गर्ने कार्यको थालनी गरेको हो ।