सोमबार , अषोज ११, २०७८

यति गतेबाट देशभर लकडाउन गर्ने सरकारको निर्णय

बैसाख १८, २०७८ शनिबार 20

यति गतेबाट देशभर लकडाउन गर्ने सरकारको निर्णय

काठमाडौँ

बैशाख

लकडाउनको पहिलो दिन काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्नेको संख्या बढेसँगै आजबाट कडाइ गरिने भएको छ ।

भीड नभए पनि सवारी साधनको चहलपहल बाक्लो भएकाले आजबाट लकडाउन कडा गर्ने तयारीमा उपत्यकाका प्रशासन कार्यालयहरु जुटेका हुन् । त्यसका लागि उनीहरुले योजना समेत तयार पारेका छन् ।

काठमाडौं प्रवेशका लागि कोरोना परिक्षण रिपोर्ट अनिवार्य रुपमा चाहिने, पास वितरणलाई कडाइ गरिने, छिमेकी जिल्लाहरुबाट अत्यावाश्यक

कामबाहेक काठमाडौं प्रवेशका लागि अनुमति नदिन आग्रह गर्ने, सरकारी सवारी साधनमा जोर बिजोर लगाउने सहितको तयारी गरेका हुन् । केही निर्णय भने हिँजो (बिहीबार) गर्ने गरी उनीहरु छलफलमा जुटेका थियो ।

पहिलो दिनको लकडाउन तुलानात्मक रुपमा खुकुलो भएकाले आजबाट कडाइ गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद निरौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘म आफै अनुगमनमा निस्किएको छु । घर जान चाहनेलाई सहजिकरण गर्नु पर्ने, अत्यावाश्यक काममा हिँडेकालाई सहजता तुल्याउँनु पर्ने भएकाले तुलानात्मक रुपमा खुकुलो भएको हो ।’

बिहीबार एकै दिनमा ट्राफिक प्रहरीले २ हजारभन्दा धेरै सवारी साधन होल्ड गरेको छ । अत्यावाश्यक बाहेकका क्षेत्रका बिना पास सडकमा निस्किनेहरुलाई पक्राउ गरेर होल्डमा राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

आजबाट यस्ता व्यक्ति र सवारीमाथि कडा निगरानी गर्ने र अत्याआवाश्यक बाहेक अन्य कसैलाई पनि हिँडडुल गर्न नदिने प्रशासनले जनाएको छ । प्रजिअ पराजुलीका अनुसार काठमाडौं उपत्यका प्रवेशका लागि पीसीआर रिपोर्टको माग गर्ने तयारी भएको छ ।

‘अहिलेसम्म जो प्रवेश गरे गरे । अब शुक्रबाबर वा शनिबारबाट पीसीआर रिपोर्टको माग गर्ने विषयमा छलफल भइरहेको छ । सायद चाडै निर्णय होला ।’ उहाँले भन्नुभयो ।

ट्राफिक प्रहरीले पनि भीड कम गर्न काठमाडौं प्रवेशका लागि पीसीआर रिपोर्ट माग गर्नु पर्नेमा जोड दिएको छ ।

महागरिय ट्राफिक प्रहरी प्रमुख एसएसपी जनकराज भट्टराईले काडमाडौं प्रवेशका लागि पीसीआर रिपोर्ट माग गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,– ‘सायद यो चाँडै निर्णय होला । भीड व्यवस्थित गर्न यसले टेवा पुर्याउने छ ।’


यस्तै आजबाट लकडाउन कडा बनाउँन पासमा पनि कडाइ गरिने काठमाडौंका प्रमुख जिल्ला अधकिकारी निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार पासकै कारण भीड बढेकाले अत्यावाश्यक बाहेकका लाई आजबाट पास दिइने छैन् ।

यस्तै सरकारी गाडीमा पनि आजबाट जोर बिजोर लगाउँने तयारी भएको छ । प्रजिअ पराजुलीले भन्नुभयो,– ‘जनता घरमा थुनिएका बेला किन सबै सरकारी सवारी चल्न दिनु पर्यो ? त्यसैले त्यसमा पनि कडाइ गरिने छ ।’

त्यस्तै छिमेकी जिल्लाहरुबाट अत्यावाश्यक काम बाहेक कुनै पनि सवारी र ब्यक्तिलाई काठमाडौं नपठाउँन आग्रह गरिएको छ ।

अति जरुरी बाहेककालाई पास उपलब्ध नगराउँन आग्रह गर्दै अब सामान्य सवारीलाई काठमाडौं प्रवेशमा पूर्ण रुपमा रोक लगाइने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले विमानस्थल बन्द गर्नका लागि पनि आग्रह गरेका छन् ।

विमानस्थल खुला भएका कारणले पनि चहलपहल र जोखिम बढेको भन्दै उनीहरुले बन्द गर्नु पर्ने माग गरेका हुन् । यद्यपी सरकार बैशाख १३ गते तत्काल विमानस्थल बन्द नगर्ने निर्णय गरेको थियो ।