बिहिबार , अषोज ७, २०७८

के हुन लाग्यो नेपालमा, कोरोनाबाट बाँकेमा ९० जनाको मृ´त्यु

बैसाख १४, २०७८ मंगलबार 49

के हुन लाग्यो नेपालमा, कोरोनाबाट बाँकेमा ९० जनाको मृ´त्यु

नेपालगन्जः बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० पुगेको छ । कोहलपुर नगरपालिका-२ की ५० वर्षीया महिलाको आज अपरान्ह मृत्यु भएसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० पुगेको हो ।

आजमात्रै बाँकेमा पाँचजनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनी आइतवार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी थिइन् । उनको आइतवारै रिपोर्ट पोजेटिभ आएको थियो ।

उपचारका क्रममा उनको बेलुका अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।