बुधबार , कार्तिक ३, २०७८

बुवाको घरमा मृ’त्यु भयो : आफ्नै घर नहुँदा १२ वर्षीया छाेरीले मन्दिरमा कृ,या गर्दै ।

बैसाख १३, २०७८ सोमबार 77

बुवाको घरमा मृ’त्यु भयो : आफ्नै घर नहुँदा १२ वर्षीया छाेरीले मन्दिरमा कृ,या गर्दै ।

सल्यान । सल्यान सिद्दकुमाख गाउँपालिका ३ कल्याचाैरका भाेलाराम बाेहरा एउटा सुन्दर भविष्यका लागि १४ वर्ष अघि श्रीमती सँगै दाङ तुलसीपुर झरे । उनले मजदुरी गर्दै श्रीमती र सन्तानकाे रुपमा रहेकी एउटी छाेरीलाइ पालनपाेषण गर्दै आएका थिए । भाेलारामले टिप्पर चलाउँथे । श्रीमती र छाेरीलाइ तुलसीपुरकाे बेलुवामा काेठा भाडामा लिएर राखेका थिए । तर यहि बैशाख ७ गते चैते दशैंकाे दिन याे परिवारमा एउटा ठुलाे ब्रजापात भयाे ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

पाल्पाकाे माथागढी गाउँपालिका ५ स्थित चुनढुङ्गा खानीकाे लागि उनले टिप्पर चलाउथे । चैते दशैकाे दिन आफैले चलाएकाे टिप्पर दुर्घटनामा परेर उनकाे मृ’त्यु भयाे । उनकाे मृ’त्युपछि अहिले श्रीमती र छाेरीकाे दाङमा बिचल्ली भएकाे छ । १२ वर्षीया छाेरी रितु बाेहरा घर नहुँदा तुलसीपुरकाे कालिका मन्दिरमा बुबाकाे कृ’या गरिरहेकी छन् । परिवारमा अरु काेहि नहुँदा उनले बुबाकाे कृया गर्नुपरेकाे हाे ।

उनकाे आर्थिक अवस्था देखेर मन्दिर व्यवस्थापन समितिले मन्दिरमा लिनु सबै शुल्क निशुल्क गरेकाे छ । पाल्पाबाट भाेलारामकाे शव दाङ ल्याउँदा विभिन्न व्यक्तिले सहयाेग गरेर गाडीमा ल्याएका थिए । परिवार चलाउने अगाडीकाे मान्छेकाे निधन भैसकेपछि घर नभएकाे अवस्थामा अब याे परिवारमा ठुलाे समस्या परेकाे छिमेकी सुवर्ण याेगीले बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****