मंगलबार , मंग्सिर २१, २०७८

भर्खरै स्वास्थ्य मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ती? आत्तिए नेपाली जनता

बैसाख ९, २०७८ बिहिबार 99

भर्खरै स्वास्थ्य मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ती? आत्तिए नेपाली जनता

काठमाडौं ।

बैशाख

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनप्रति दिन तीब्र रुपमा कोरोना भाइरसको संक्रमण बढिरहेको बताउँदै अत्यावश्यक

काम नपरी घर बाहिर ननिस्कन अपील गरेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हरेक ४ दिनमा कोरोना

संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेका हुन् ।

त्यस्तै, प्रवक्ता डा. गौतमले संरचनाले धान्नै नसक्ने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको पनि बताएका

छन् । बुधबार मन्त्रालयले आयोजना गरेको कोरोनाको प्रेस ब्रिफिङमा बोल्दै उनले भने सं’ क्रमणको दर अत्याधिक बढेको छ

। आज मात्रै २ हजार ३५१ जना नयाँ संक्रमितहरु थपिएका छन् ।’

उनले थप भने, ‘हरेक चार दिनमा संक्रमण दोब्बर भइरहेको छ । डबलिङ टाइम चार दिन रहेको छ ।

र हाम्रा संरचनाहरुले धान्नै नसक्ने गरी विरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको छ ।

यसकारण अत्यन्त जरुरी नपरी घरबाट बाहिर ननिस्कन, सभा, भेला–गोष्ठी, सेमिनार, मिटिङ, जात्रा नगर्न र नागरिक जीवनहरुको रक्षा गर्न सम्पूर्णमा अनुरोध गर्दछु ।’