सरकारद्धारा ९ गतेबाट लकडाउनको घो’ षणा

नेपालगन्ज

बाँके

बाँकेमा कोरोना संक्रमणको दोस्रो लहर भयावहको अवस्थामा फैलिदै गएको कुरालाई मध्यनजर गर्दै जिल्ला कोभिड–१९

संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), बाँकेले लकडाउनको निर्णय गरेको छ ।

मंगलबार बसेको सर्वपक्षीय / सर्बदलिय बैठकले ९ गते देखि लागू हुने गरि बाँकेमा लकडाउन लगाउने निर्णय गरेको हो ।

बाँकेमा कोरोनाको दोस्रो लहर कल्पनाभन्दा पनि भयावहको स्थितिमा पुगेको छ ।
हिजो मात्रै ३२२ जनामा कोरोना सं’ क्रमण पुष्टि भएको थियो भने, दैनिक रुपमा मृत्युको सिलसिला समेत रोकिएको छैन ।

कोरोना सं’ क्रमणको चेन टोड्न कम्तिमा ७ देखि १५ दिन सम्मको लकडाउन गर्नै पर्ने जनस्तरको दबाब समेत स्थानिय प्रशासनलाई थियो ।

दैनिक रुपमा अस्वभाविक रुपमा बढेको कोरोना संक्रमणले बाँकेको स्वास्थ्य सिस्टम नाजुक बनाएको अवस्थामा गरिएको

लकडाउनको घोषणाले केही आशा पलाएको स्थानियको प्रतिक्रिया आइरहेको छ ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal