सोमबार , अषोज ११, २०७८

हार्दिक बधाई – २२ बर्षकै उमेरमा शाखा अधिकृतमा फ्याट्टै नाम निकाल्नेको रजनीले दिईन यस्ता टिप्सै-टिप्स

बैसाख ५, २०७८ आइतबार 64

हार्दिक बधाई – २२ बर्षकै उमेरमा शाखा अधिकृतमा फ्याट्टै नाम निकाल्नेको रजनीले दिईन यस्ता टिप्सै-टिप्स

काठमाडौँ

बैशाख

रजनी रेग्मी – जुन दिन सेन्ट जेभियर्स कलेजबाट पत्रकारिताबाट स्नातक तह उत्र्तीण गरेँ, त्यसैदिन मैले निर्णय गरेँ, निजामती सेवालाई आफ्नो करिअरका रूपमा अँगाल्नेछु ।

सानैदेखि मलाई समसामयिक विषयवस्तुमा रुची थियो, त्यही कारणले गर्दा नै होला मलाई लोकसेवाप्रति तृष्णा जाग्यो ।

यही तृष्णाले मलाई लगनशील बनायो  । तयारीका सम्पूर्ण चरणमा पढाइलेखाइमा मलाई कहिल्यै बोझको आभास भएन ।

*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल 👇👇 क्लिक गर्नुहोला ***

परिवारमा निजामती सेवाको माहोल पनि भएको भएर होला मलाई यसप्रति लगाव थियो ।

निजामती सेवाको गरिमा र सम्मानप्रति म सधैँ उत्साहित थिएँ । यसमा प्रवेश गरेर आफ्नो पेशागत विकास तथा समाज र देशका

लागि योगदान दिन सकिन्छ भन्ने बोध गरेको थिएँ । म बाल्यकालदेखि नै कुनै पनि नयाँ विषयवस्तुप्रति जिज्ञासा

राख्थेँ । आफू जन्मेको समाजका बारेमा जानकारी राख्नुपर्छ भन्ने लाग्थ्यो ।

पत्रकारिता विषय पढेकाले पत्रकारिताका अवधारणाले मलाई धेरै सहयोग गर्‍यो ।

कुनै पनि विषयका आयाम खोतल्न सहयोग गर्‍यो । जस्तो पत्रकारितामा ‘पाँच–डब्लु, एक एच’ को अवधारणा छ ।

यसले कुनै पनि घटना के, कहाँ, कहिले, किन, को र कसरी भयो भन्ने अवधारणा दिन्छ ।

२२ वर्षमा नाम निकालेँ मैले पहिलोपटक २२ वर्षको उमेरमा लोकसेवाको परीक्षा दिएकी थिएँ ।

त्यसको एक वर्षपछि नाम निकालेँ । धेरैले कम उमेरमै नाम निकालेको भन्थे ।

*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल 👇👇 क्लिक गर्नुहोला ***