कैलालीका विद्यालय १० दिन ब’ न्द

धनगढी

बैशाख ५

जिल्ला प्रशासन कार्यालय कैलालीले १० दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ।

जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोरोना सं’ क्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी १० दिनसम्म कैलालीका विद्यालय ब’ न्द गर्न आग्रह गरेको हो।

संक्रमणको जोखिमलाई हेरेर आगामी १० दिनपछि विद्यार्थीहरुको परीक्षा गर्न सकिने र त्यतिञ्जेल उनीहरुलाई

परीक्षाको तयारी गर्ने समय पनि मिल्ने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

शिक्षकलाई कोरोना संक्रमण देखिएपछि मध्यवानेश्वरको रत्नराज्य माध्यमिक विद्यालय ब’ न्द भएको छ । सं’ क्रमण फैलिन नदिन एक साता विद्यालय ब’ न्द गरिएको हो ।

विद्यालयको बिहानी शैक्षिक सत्रका शिक्षकमा कारोना संक्रमण पुष्टि भएपछि आइतबार (आज) पहिलो पिरियड पढाएर एक हप्ताको लागि विद्यालय ब’ न्द गरिएको प्रधानाध्यापक रामाशिष यादवले बताए ।

उनले भने एक जना शिक्षकमा कोरोना देखिएको छ । एक जनामा कोरोना देखिएपछि विद्यालय व्यवस्थापन समिति र प्रशासनको सल्लाहमा विद्यालय ब’ न्द गर्ने निर्णय गर्‍यौँ । अरु शिक्षकको पनि पीसीआर गर्न पठाएका छौँ ।

काठमाडौँ महानगरपालिकाले पनि वैशाख ३ गते सूचना जारी गरी कोरोना सं’ क्रमण देखिएका विद्यालय कम्तिमा एक साताको लागि ब’ न्द गर्न आग्रह गरेको थियो ।

महानगरले संक्रमण नदेखिएका विद्यालयमा स्वास्थ्य मापदण्डका नियम कडाईका साथ पालना गरी पठनपाठन गर्न भनेको छ ।

यसअघि प्रर्दशनी मार्गमा रहेको पद्मोदय माध्यामिक विद्यालय, नक्सालमा रहेको नन्दीरात्री माध्यमिक विद्यालय र चावहिलमा

रहेको मित्र आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थीहरुमा संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यका तीन जिल्लासहित १४ जिल्लालाई कोरोना सं’ क्रमणको अति प्रभावित जिल्लाको सूचिमा राखेको छ ।

शनिबार मात्रै विद्यालय उमेर समूहका ८९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जसमा ९ वर्ष मुनिका संक्रमित हुने बालबालिको संख्या १७ र १० वर्ष माथि तर १९ वर्षभन्दा कम उमेरका ७२ जना बालबालिकमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal