मंगलबार , मंग्सिर २१, २०७८

सबै प्रदेशबाट ओली पक्षलाई किक आउट गर्ने यस्तो तयारी , कहाँ-कसरी ?

बैसाख ५, २०७८ आइतबार 71

सबै प्रदेशबाट ओली पक्षलाई किक आउट गर्ने यस्तो तयारी , कहाँ-कसरी ?

काठमाडौँ

बैशाख

सबै प्रदेशबाट ओली पक्षलाई किक आउट गर्ने यस्तो तयारी ! कहाँ-कसरी ?

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको विश्वासको मतको पक्षमा नेकपा एमालेका चार सांसदले फ्लोर

क्रस गरेको घटनाले केन्द्रीय राजनीतिलाई तरंगित बनाएको छ ।कर्णाली प्रदेशमा भएको फ्लोर क्रसले एमालेको नेतृत्वमा रहेका

चार वटै प्रादेशिक सरकार मात्र नभएर संघीय सरकारलाई पनि संकटमा पार्ने देखिएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले

जनता समाजवादी पार्टी जसपासँग सहमति गरेर सरकार टिकाउने प्रयास गरिरहेका छन्।

तर, एमालेकै माधवकुमार नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस गर्ने हो भने उनको त्यो प्रयास असफल हुनेछ।

कर्णालीमा नेकपा माओवादी केन्द्रले एक सांसदलाई कारबाही गरेपछि २० सांसद रहेका एमाले सरकार बनाउने अवस्थामा थियो।

तर, चार सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीको सत्ता जोगाइ दिएका छन् ।

*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

राष्ट्रियसभा सदस्य पद गुमेपछि मन्त्रीबाट पनि स्वत पदमु’ क्त भएका रामबहादुर थापा बादलले आजै गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार उनले पुन गृहमन्त्रीको रुपमा शपथ लिन लागेका हुन् ।

आइतबार साँझ राष्ट्रपति भवन शीतल निवासमा उनको शपथको कार्यक्रम राखिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो ।

सो पत्रपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उनको राष्ट्रियसभा सदस्य पद रिक्त भएको निर्णय गरेका हुन्।

तिमिल्सिनाको निर्णयसँगै संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरिसकेको छ ।

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका उनी सर्वोच्चको फागुन २३ को फैसलापछि एमाले र माओवादी केन्द्र बनेपछि पूर्वमाओवादी उनी एमालेतिरै लागेका थिए ।

उनी पार्टीमा नफर्किएपछि माओवादीले दल त्यागको जानकारी गराएको थियो ।

माओवादीको सूचनाअनुसार प्रतिनिधिसभाबाट माओवादीका ४ निर्वाचित सांसद समेतको पद गइसकेको छ ।

अर्को दलमा गएपछि दलत्यागसम्बन्धी व्यवस्था आकर्षित हुने भएकाले सोहीअनुसार माओवादीले का’ रबाही गरेको हो।