सोमबार , अषोज ११, २०७८

गृहमन्त्री बादलले बल्ल आज सफथ लिदैं

बैसाख ५, २०७८ आइतबार 32

गृहमन्त्री बादलले बल्ल आज सफथ लिदैं

काठमाडौँ

बैशाख ५

राष्ट्रियसभा सदस्य पद गुमेपछि मन्त्रीबाट पनि स्वत पदमु’ क्त भएका रामबहादुर थापा बादलले आजै गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार उनले पुन गृहमन्त्रीको रुपमा शपथ लिन लागेका हुन् ।

आइतबार साँझ राष्ट्रपति भवन शीतल निवासमा उनको शपथको कार्यक्रम राखिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो ।

सो पत्रपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उनको राष्ट्रियसभा सदस्य पद रिक्त भएको निर्णय गरेका हुन्।

तिमिल्सिनाको निर्णयसँगै संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरिसकेको छ ।

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका उनी सर्वोच्चको फागुन २३ को फैसलापछि एमाले र माओवादी केन्द्र बनेपछि पूर्वमाओवादी उनी एमालेतिरै लागेका थिए ।

उनी पार्टीमा नफर्किएपछि माओवादीले दल त्यागको जानकारी गराएको थियो ।

माओवादीको सूचनाअनुसार प्रतिनिधिसभाबाट माओवादीका ४ निर्वाचित सांसद समेतको पद गइसकेको छ ।

अर्को दलमा गएपछि दलत्यागसम्बन्धी व्यवस्था आकर्षित हुने भएकाले सोहीअनुसार माओवादीले कारबाही गरेको हो।