एक्कासी प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन, के कुरा भयो पूरा पढ्नुहोस्

काठमाडौँ

वैशाख

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेका छन् ।

कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन उद्घाटनपछि प्रचण्डलाई ओलीले फोन गरेका हुन् ।

प्रचण्डले धेरै समयपछि प्रधानमन्त्री ओलीको फोन आएको सुनाए। ओलीसँग कुरा गर्ने भन्दै उनले भने यो बाटो बनाइदिनुस् भन्नेवाला छु ।

यो पनि पढ्नुहोस्

नयाँ सरकार गठनका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य भेटवार्ता भएको छ ।

महाराजगन्जस्थित व्यापारी प्रमोद राणाको निवासमा मंगलबार राति साढे ९ बजेसम्म देउवा-दाहाल वार्ता जारी थियो ।

दुई नेतासंगै राणा निवासमा अर्का एक ‘अपरिचित व्यक्ति’ देखापरेको स्रोतले नेपाल प्रेसलाई बताएको छ ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन गरेको प्रस्तावलाई माओवादीले यसअघि नै स्वीकार गरिसकेको छ ।

मंगलबार दिउँसोमात्रै जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच नयाँ सरकार गठनलगायतका विषयमा छलफल भएको थियो ।

नयाँ वर्षको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले भोली देशवासीको नाममा सम्बोधन गर्न लागेको पूर्वसन्ध्यामा भएको देउवा९दाहाल भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

जसपाले राख्यो यस्तो सर्त 

यस संकटको घडीमा सबै एक भइकन कसरी राष्ट्रिय सहमति गर्न सक्छौँ, चुनावै गर्नुअघि पनि जरुरत पर्छ भने राष्ट्रिय सहमतिको सरकार बनाउन समेत तयार होऔँ,’ सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद प्रदीप गिरीले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर आफ्नै नेतृत्वमा सरकार बनाउनबारे नेपाली कांग्रेसले अलमल गरिरहेका बेला गिरीको यो धारणा आएको छ।

ओलीले संसदको पूर्णकार्यकाल पुरा नहुँदै जसरी पनि चुनाव गराउने रणनीतिमा अघि बढिरहेका बेला सांसद गिरीले राष्ट्रिय सरकार बनाएर भए पनि ओलीको योजना असफल पार्नुपर्ने धारणा राखेका छन्।

‘जुन भावनाले हामीले प्रधानमन्त्रीको एकमनावादी चुनाव गराउने शैलीलाई अस्तिको संविधानमा निरस्त्र गरेका छौँ, त्यसलाई ध्यानमा राख्दै संसदलाई पूरा कार्यकाल चल्न दिऔँ,’ गिरीले संसद बैठकमा भने।

संसदको दोस्रो ठूलो दल कांग्रेसका अधिकांश नेता तथा सांसदहरुले संसदको विघटन गर्ने प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउनै पर्नेमा जोड दिइरहेका छन्।

सोहि धारणा झल्किने गरी गिरीले संसदमा आवाज उठाएपछि ‘के राष्ट्रिय सहमतिको सरकार बन्न सक्छ तरु’ भन्ने बहस सुरु

भएको छ। ओलीको बहिर्गमनका लागि कांग्रेससँग निरन्तर छलफलमा रहेको नेकपा माओवादी केन्द्रका स्थायी समिति

सदस्य हरिबोल गजुरेलले त्यसबारेमा औपचारिक छलफल नभए पनि राजनीति त्यही दिशातर्फ अघि बढेको बताए।

‘त्यसबारे दलहरुभित्र औपचारिक छलफल त भएको छैन,’ गजुरेलले नेपालखबरसँग भने, ‘ओलीलाई हटाउनुपर्छ भनेर

निर्णय गरेको कांग्रेसले अविश्वास प्रस्ताव ल्याउन सकेको छैन त्यसैले अब राष्ट्रिय सहमतिको सरकारको कुरा उठ्न सक्छ।’

प्रतिनिधि सभा विघटन गर्ने आफ्नो कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भनेर बदर गरे पनि ओलीले पदबाट राजीनामा भने दिएनन्।

उनले नैतिकताका आधारमा सत्ता नछाडेपछि कांग्रेसले अविश्वास प्रस्ताव ल्याएर ओली हटाउनु पर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal