सीसीएमसीको बेठक सकियो, वैशाख मसान्तसम्म विद्यालय ब’ न्द गर्ने घो’ षणा

काठमाडौँ

वैशाख ४

बैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय ब’ न्द गर्ने सिसिएमसिको निर्णय । अन्य स्थानका हकमा स्थानीय तहले नि’ र्णय गर्ने ।

सीसीएमसीको बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । अरु ठाउँमा प्रदेश र पालिकाले निर्णय गरेअनुसार हुने ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक शनिबार बस्दैछ ।

दिउँसो २ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा बढ्दो कोरोनाभाइरस सं’ क्रमण र त्यसको रोकथाम तथा अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ ।

यस्तै विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ । पछिल्लो समय संक्रमण बढ्दै गएपछि

सरकारले विद्यालय बन्दबारे निर्णय गरेको छैन भने १४ जिल्लाका विद्यालयमा नजान आग्रह मात्रै गरेपछि आम अभिभावक र विद्यार्थीमा अन्योलता उत्पन्न भएको अवस्था छ ।

सिसिएमसीका सचिव खगराज बरालले बैठक स्वास्थ्य मन्त्रालयको विद्यालय ब’ न्द गर्ने विषयको छलफलमा केन्द्रित रहने जानकारी दिए ।

स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले कम्तीमा ३० दिन विद्यालय बन्द गरिनुपर्ने बताउँदै आएपछि सरकारी निकायबीच नै यसबारे एकमत रहेको छैन ।

यो पनि, कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि
कोभिड १९ विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने भएको छ ।

जिल्लामा पहिलो चरणमा खोप लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो ।

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणमा दुई समूहमा खोप लगाएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापनका सुरक्षाकर्मी, कर्मचारी,

सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, बैंकका कर्मचारी र स्थानीय तहका कर्मचारीलाई दोस्रो डोज दिन लागिएको हो । सो चरणमा खोप लगाउनेको सङ्ख्या १४ हजार रहेको छ ।

यस्तै दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भने यस चरणमा खोप लगाइने छैन । जिल्लामा २७ हजारलाई दोस्रो चरणमा खोप लगाइएको कार्यालय प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो ।

दोस्रो चरणका लागि समय नपुगेको र खोप आइनसकेकाले केही समयपछि दोस्रो डोज खोप लगाईने छ ।

उहाँका अनुसार पहिलो चरणमा पाँच वटा केन्द्रमार्फत खोप लगाइएको भए पनि दोस्रो चरणमा भने केन्द्र विस्तार गरिएको छ ।

जिल्लाका ठूला अस्पताल र मेडिकल कलेजमा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई सोही अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको छ ।

तिवारीका अनुसार जिल्लाका सातवटै पालिकामा रहेकालाई खोप लगाउन सम्बन्धित पालिकामा नै खोप केन्द्र रहने छन् ।

बाँकीका लागि स्वास्थ्य कार्यालय चितवनमा रहेको संस्थागत क्लिनिकमा खोप केन्द्रको व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो लामो समय पालो कुर्न नपर्ने गरी व्यवस्था मिलाएका छौँ ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal