सोमबार , अषोज ११, २०७८

भर्खरै सकियो सर्वदलीय बैठक ,यी महत्वपूर्ण विषयहरुमा भयो विशेष छलफल

बैसाख ४, २०७८ शनिबार 28

भर्खरै सकियो सर्वदलीय बैठक ,यी महत्वपूर्ण विषयहरुमा भयो विशेष छलफल

काठमाडौँ

बैशाख ४

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ ।

बैठकमा कोरोना सङ्क्रमण रोकथाम, संसदमा अड्किएको एमसीसी परियोजना, रिक्त भएको ठाउँका उपनिर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल भएको छ ।

बैठकपछि परराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीपकुमार ज्ञवालीले समस्या बढ्दै गएको कोरोना रोकथाम, एमसीसी, उपचुनाव

लगायतका विषयमा छलफल भएको बताउनुभयो । कोरोना महामारी बढ्दै गएकोले थप सजगता अपनाउन र आवश्यक

ठाउँमा विद्यालय बन्द गर्नेदेखि थप सजगताका क्रियाकलाप गर्न सबै दलले सुझाव दिएका उहाँले बताउनुभयो ।

यसैगरी नेपाली कांग्रेसले जारी राजनीतिक गतिरोधलाई छिटो निकास दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।

बैठकमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले सरकारलाई राजनीतिक गतिरोधबारे चाँडो निकाश दिन सुझाब दिएका हुन् ।