‘फोटो फिरिममा’को सिक्वेल ‘फोटो फिरिममा २ रुमाल चिनो छ’ सार्वजनिक (भिडियो सहित )

केहि समय यता सामाजिक अभियन्ता, संचारकर्मी, अभिनेता, गीतकार, निर्देशक शिशिर भण्डारीको फोटो फिरीममा–२ (रुमाल चिनो छ) सार्वजनिक भएको छ ।

शिशिर भण्डारीको एक बर्ष अगाडी सार्वजनिक भएको गित ‘फोटो फिरिममा’ले न सोचेको सफलता पाए संगै शिशिर भण्डारीको सांगीतिक बेस्ताता पनि बढ्दै गएको छ |

रचना रिमाललको सुमधुर आवाजमा सजिएको फोटो फिरिममा गितको भिडियोलाइ थोरै लगानीमा निर्माण गरिएको भएता पनि रचना रिमालले गाएको ‘फोटो फिरिममा’ गितले नेपाली

सांगीतिक आकाशमा इतिहास रचन सफल रहयो | रचनाको महिला आवाजले सफलता पाए पछि शिशिर भण्डारीले उही सब्द संगीतमा केहि परिवर्तन गर्दै प्रताप दासको पुरुष आवाजमा राम्रै लगानीमा ठुलै टिमको साथमा ‘फोटो फिरिममा’को मेल

भर्जन सार्वजनिक गरे | मेल भर्जनको भिडियो र प्रताप दासको आवाजलाई सपूर्ण नेपाली दर्शकहरुले अत्याधिक रुचाएका थिए | एक बर्ष अगाडी सार्वजनिक भएको फोटो फिरिममा गीतको

कथालाइ पूर्णता दिन भण्डारीले फेरी पनि ‘फोटो फिरिममा’को सिक्वेल ‘फोटो फिरिममा २ रुमाल चिनो छ’ बजारमा ल्याएका छन्  |

सार्वजनिक गरिएको सिक्वेल भिडियो अत्यन्त मार्मिक र सबै दर्शकहरुको मन छुने गित बनेको छ |

शिशिर भण्डारीको डेब्यू निर्देशन रहेको भिडियोमा अहिलेका चर्चित नायक आकाश श्रेष्ठ पनि बिशेष भूमिकामा देखिएका छन्।

शिशिर भण्डारी इन्टरटेनमेन्टको प्रस्तुति रहेको भिडियोमा शिशिर र आकाश संगै नायिका रिश्ता बस्नेत, जुन सुन्दास, प्रकाश

रामदाम, सुरक्षा जिसी र वसन्त भण्डारीको पनि अभिनय रहेको छ। भिडियोमा ज्ञानेन्द्र साही हुमागाईले छायांकन गरेका हुन् भने दिन्सन शाहले सम्पादन गरेका हुन्।

गायक प्रताप दास, कुमार अभि र गायिका रचना रिमालको आवाजमा सजिएको गीतमा शब्द तथा संगीत शिशिर भण्डारीकै रहेको छ ।

सार्वजनिक गितमा संगीत संयोजन भने बिशाल निरौलाको रहेको छ । सार्वजनिक गीतको भिडियोमा प्रेममा धोका, त्याग र बिछोड पछिको मानसिक र शारीरिक सन्तुलन गुमाएको

अवस्थालाई देखाईएको छ। गीतको बाकि कथा रचना रिमालको आवाजमा चाडै आउने बताइएको छ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal