मंगलबार , अषोज ५, २०७८

वैशाखमा बिहे गर्नेले धेरै जन्ती लान नपाइने , सरकारले ल्यायो यस्तो नियम (तोक्यो संख्या)

चैत्र २९, २०७७ आइतबार 29

वैशाखमा बिहे गर्नेले धेरै जन्ती लान नपाइने , सरकारले ल्यायो यस्तो नियम  (तोक्यो संख्या)

काठमाडौँ

चैत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ।

कोभिड-१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भीडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो।

मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषदसमक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताए।

अहिले देखिएका संक्रमितहरूमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको उनले बताए।

उनले भने,‘अहिले जुन भीडभाड भइरहेको छ कति ठाउँमा, अब त्यो भीडभाड पूरै बन्द गर्नुपर्छ। एकदमै जनस्वास्थ्यका मापदण्ड

अपनाएर २५ जनाभन्दा कम मान्छे दूरी कायम गरेर भेला हुन सकिन्छ। त्यो पनि अब कति दिनपछि नगर्नुस् भन्नुपर्ने अवस्था

आउन सक्छ। जस्तो स्कुल, कलेज, सिनेमा हल पार्टी प्यालेस, भेला, जुलुस, भीडभाड, ठूलाठूला भेला सबै बन्द गर्नुपर्छ भनेर

हामीले भनेका छौं। यो किन भनेको हो भन्ने कुरा पनि म भन्न चाहन्छु। अहिले छिटपुट रूपमा कोभिड-१९ का केस गएको

महिनाको भन्दा बढेर गयो। अस्पतालमा आइसियुमा बिरामीहरू धेरै नै भर्ना भइसकेका छन्।

त्यसबाट के बुझिन्छ भने अहिले अब कोरोनाको ग्राफ उकालो लाग्यो। अब बढ्न थाल्यो।

अब हामीले ध्यान दिएनौं भने फेरि संक्रमण एकदम बढेर जान्छ।

प्रवक्ता गौतमले अहिले कोरोना सर्ने साइकल अथवा चेनलाई ब्रेक गर्नुपर्ने अवस्था आइसकेको पनि बताए।

त्यसका लागि भीडभाड नगर्ने, दूरी काय गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने र लक्षण देखिए तुरून्त जाँच गराउनुपर्ने बताए।

यस्तै, भीडभाड हुने सबै व्यवसाय तथा पेशालाई जनस्वास्थ्यका मापदण्ड पालना गराएरमात्रै सञ्चालन गर्न दिनुपर्ने पनि उनले बताए।

यस्तै, भीडभाड हुने सबै व्यवसाय तथा पेशालाई जनस्वास्थ्यका मापदण्ड पालना गराएरमात्रै सञ्चालन गर्न दिनुपर्ने पनि उनले बताए।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि

सरकारले भरसक बन्दाबन्दी अर्थात लकडाउन लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन् ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३०औँ वार्षिक साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै मन्त्री ढकालले कोभिड महामारी नियन्त्रणका लागि सरकार लागिपरेको बताए ।

उनले भने, “विगतको कहालीलाग्दो अवस्थाले फेरि पनि झकझकाइरहेको छ ।

कोभिड महामारीको जोखिम नियन्त्रण र परिस्थितिलाई सहज बनाउने तयारीमा सरकार जुटिरहेको छ, भरसक बन्दाबन्दी नगरी

परिस्थितिलाई नियन्त्रणमा लिने प्रयत्न जारी रहन्छ, कुनै विपत्ति आइलागेमा सामना गर्नुको विकल्प पनि छैन, अहिलेको अवस्थामा सबैले सजकता अपनाउन जरुरी छ ।

पर्यटनमन्त्री ढकालले कोभिड महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र पछिल्ला दिनमा केही

सुधाराका सङ्केत देखिए पनि केही दिनदेखि लगातार बढिरहेको कोभिडका सङ्क्रमितको सङ्ख्याले थप भयाबह स्थिति सिर्जना हुने खतार बढेको उल्लेख गरे ।

पर्यटनमन्त्री ढकालले छ हजार माथिका २७ चुली (पिक) को आरोहण व्यवस्थापनको जिम्मेवारी पाएको एनएमएलाई यसका

अतिरिक्त अझै विस्तार गर्नेतर्फ सरकार सकारात्मक रहेको तथा सोको पहालकदमी गर्न पर्यटन मन्त्रालय तयार रहेको बताए ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले एनएमएको हालको भूमिकालाई थप प्रभावकारी तुल्याउन तथा

संस्थालाई नवप्रवर्तन र पूर्वाधार विकासमा सक्रियता गराउन सुझाव दिए ।

एनएमएका अध्यक्ष सन्तवीर लामाले संस्थाको ४८ वर्षे इतिहासमा २४ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहणदेखि

विश्वकै जोखिम हिमाल पाकिस्तानस्थित ‘माउन्ट केटू’ को यसै वर्ष १० नेपाली आरोहीले सफलतापूर्वक आरोहणले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर फैलाउन सफल भएको उल्लेख गरे ।

कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण बढी भएका स्थानहरुमा शैक्षिक संस्था कमित्मा ३ हप्तासम्म बन्द गर्ने प्रस्ताव गरेको छ ।

आज बसेको सीसीएमसी बैठकले कोरोना संक्रमण बढी देखिएका ठाउँमा ३ साताका लागि विद्यालय बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो । मनित्रपरिषद्ले निर्णय गरेपछि लागु हुनेछ ।

उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षमा सिंहदरवारमा बसेको बैठकले काठमाडौं, पोखरा

लगायतका ठाउँ र केही विद्यालय तथा कलेजमा एस जिन नेगेटिभ (वेलायतको नयाँ भेरियन्ट) को मात्रा बढेकोले यस्तो व्यवस्था गर्न सिफारिस गरिएको हो ।

अहिले विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढी रहेकाले त्यस्ता स्थानमा अनलाइन माध्यमबाट पठनपाठन सन्चालन गर्नको व्यवस्था गरि विद्यालय बन्दका लागि सिफरिस गरिएको हो ।

यस्तै सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतका क्षेत्र तथा धार्मिक स्थानहरुमा

जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न र डीसीसीएमसीले कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ ।

रात्रिकालिन व्यवसायहरु राति १० बजेपछि बन्द गर्नुपर्ने र संक्रमणको अवस्था हेरि एउटा स्थानीय तहबाट अर्कोमा नियन्त्रित आवागमन गर्ने निर्णय समेत भएको छ ।

कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण बढी भएका स्थानहरुमा शैक्षिक संस्था कमित्मा ३ हप्तासम्म बन्द गर्ने प्रस्ताव गरेको छ ।