शुक्रबार , अषोज ८, २०७८

गृहमन्त्रीबाट बादल आउट , को आउँदैछ नयाँ ? हेर्नुहोस्

चैत्र २९, २०७७ आइतबार 59

गृहमन्त्रीबाट बादल आउट , को आउँदैछ नयाँ ? हेर्नुहोस्

काठमाडौँ

चैत्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य रहेका रामबहादुर थापा बादल पनि माओवादी केन्द्रबाट

बाहिरिएका छन् । माओवादी केन्द्रले थापालाई कारबाही गरेको र उनी संसद् नरहेको सूचना संसद् सचिवालयमा दिइएको छ ।

पार्टी पूर्ववत् रूपमा फर्किए पनि बादल एमालेमा नै रहेको भन्दै आफू दल त्याग गरेको सूचना संसद् सचिवालयमा पठाएको

माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय दलका नेता दिननाथ शर्माले जानकारी दिएका छन्

बादल गृहमन्त्रीबाट बाहिरिए

काठमाडाैं- नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई दलबाट निष्कासन गरेको छ।

राष्ट्रियसभाका अर्का सांसद चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण सोधिएको छ।

थापा र खड्का दुवै राष्ट्रियसभामा माओवादी केन्द्रबाट सांसद बनेका थिए। थापाले दल त्याग गरेको सूचना संसद्

सचिवालयमा माओवादी केन्द्रका राष्ट्रिय सभाका सांसद दिनानाथ शर्माले दर्ता गराएका हुन्। थापा छ वर्ष र खड्का चार वर्षका लागि राष्ट्रियसभा सदस्य बनेका थिए।

सर्वोच्चको फैसलापश्चात् थापा एमालेमा रहने निर्णय गरेका थिए। माओवादी केन्द्र छोडेका थापालाई राजनीतिक

दलसम्बन्धी ऐन २०७३ दफा ३४ (१) अनुसार दल त्यागको सूचना संसद् सचिवालयमा दर्ता गरिएको हो।

यसअघि माओवादी केन्द्रले प्रतिनिधिसभामा विजयी भई प्रधानमन्त्री केपी ओलीको सरकारमा सहभागी चार मन्त्रीलाई कारबाही गरेको थियो।

सांसद पद गुमे पनि छ महिना मन्त्रीमा रहन पाउने संवैधानिक व्यवस्था छ।