सोमबार , मंग्सिर १३, २०७८

सत्ताकाे खेलमा के चाहन्छ जसपा ? निर्णय नलिनुका खास कारण के ? यस्तो आयो गोप्य कुरा

चैत्र २९, २०७७ आइतबार 80

सत्ताकाे खेलमा के चाहन्छ जसपा ? निर्णय नलिनुका खास कारण के ? यस्तो आयो गोप्य कुरा

काठमाडौँ

चैत्र

नयाँ सत्ता समीकरणको लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले पहल जारी राखे पनि सफल हुन सकेका छैनन् ।

पछिल्लो समय संसद्मा रहेका दलहरुको अवस्था हेर्दा बहुमत जुटाउन नेकपा एमालेलाई कुनै एक दलबीच सहकार्य गरे पुग्छ

भने कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी जसपालाई एमालेबोहकको समीकरण बनाउने अवस्थामा तीनै दल मिल्नुपर्ने अपरिहार्यता रहन्छ ।

प्रधानमन्त्री केपी ओलीले जसपालाई नै यही सरकारमा सहभागी गराएर आफ्नो सत्ता कायमै राख्ने प्रयासमा छन् ।

यसका लागि उनले जसपाले राखेका जायज नाजायज माग पनि पूरा गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।

यता कांग्रेस र माओवादी केन्द्र भने ओलीलाई सत्ताबाट हटाउन जसपालाई फकाउने प्रयास गरिरहेका छन् ।

तर पछिल्लो सत्ता समीकरणमा निर्णायक मानिएको जसपाले ठोस निर्णय गर्न नसक्दा नयाँ सरकार गठन पनि हुन सकेको छैन भने ओलीले पनि विश्वासको मत लिने आँट गर्न सकेका छैनन् ।

के चाहन्छ जसपा ?

मधेश आन्दोलनको जगमा स्थापित भएका नेताहरुको बाहुल्यता रहेकाले जसपाले मधेश आन्दोलन र त्यसपछिका राजनीतिक

घटनाक्रममा विभिन्न मुद्दा खेपिरहेका आफ्ना नेता कार्यकर्ताहरुको मुद्दा मिलान र क्षतिपूर्तिलाई आफ्नो बटमलाईन

बनाएर आफ्ना माग पूरा गर्ने दललाई सरकार गठनमा सघाउने बताउँदै आएको छ । थरुहट आन्दोलनका क्रममा जन्मकैदको

फैसलापछि जेल जीवन विताइरहेका रेशम चौधरीसहित २ सयभन्दा बढी आफ्ना नेता कार्यकर्ताको मुद्दा फिर्ता लिनुपर्ने भन्दै जसपाले प्रधानमन्त्री ओलीलाई नामावली नै बुझाइसकेको छ ।

त्यसैगरी जसपाले यसअघिदेखि नै जारी संविधानमा असन्तुष्टि जनाउँदै संशोधनको माग गर्दै आएकोमा अहिले पनि सो मागलाई अगाडि सार्ने भएको छ ।

पछिल्लो सत्ता समीकरणमा एमाले, कांग्रेस, माओवादी र जसपा मिलेर संयुक्त सरकार बन्ने कुनै सम्भावना नरहेकोले संविधान संशोधन गर्न सम्भव देखिदैन ।

किनकी संविधान संशोधन गर्न दुई तिहाई मत आवश्यक पर्दछ । तर एमाले र कांग्रेस माओवादी दुई ध्रुवमा देखिएकोले

संशोधनको लागि दुई तिहाई मत जुट्ने अवस्था नरहेको जसपाले बुझेकै छ । यद्दपी उसले सम्भव नभएपनि संशोधनको माग

अगाडि सारेको छ । निर्वाचनपछि सम्भव भएसम्म संशोधनको माग पूरा गर्न एमाले, कांग्रेस र माओवादीलाई मनोवैज्ञानिक

रुपमा तयार रहुन् भनेर पनि जसपाले यो मागलाई पनि चर्चामा ल्याइरहेको छ ।

कस्लाई रोज्ला जसपाले ?

नेपाली कांग्रेस र माओवादीबाट आफ्ना माग पूरा होला भन्नेमा जसपा ढुक्क हुन सकिरहेको छैन ।

तर पछिल्लो समय आफ्ना माग पूरा गराउन गृहकार्य नै शुरु गरेका ओलीले नै राजनीतिक विवादको वेवास्ता गर्दै मधेशका माग पूरा गराउँछन् भन्ने जसपाको बुझाई छ ।

त्यसैले पनि जसपा आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था नआएमा ओलीकै नेतृत्वको सरकारमा सहभागी हुने सम्भावना बलियो रहेको स्रोत बताउँछ ।

यता प्रधानमन्त्री ओली पनि सकेसम्म जसपालाई आफ्नै सरकारमा सहभागी गराउने र त्यो सम्भव नभएमा जसपाकै

अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री स्वीकारेर भएपनि कांग्रेस र माओवादीलाई सत्तामा पुग्नबाट रोक्ने रणनीतिमा छन् ।

तर जसपामा भने प्रधानमन्त्री आफूलाई स्वीकार्ने अवस्थामा भने एमाले भन्दा कांग्रेस र माओवादीसँग मिलेर सरकार गठन गर्नुपर्ने मत बलियो रहेको बताइन्छ ।

संसदमा निर्णायक अवस्थामा राजपा

संसदको पछिल्लो अवस्था हेर्दा नेकपा एमालेसँग १२० संसद रहेका छन् । उसले जुनसुकै दलसँग मिलेर पनि सरकार गठन गर्ने सामथ्र्य राख्दछ ।

यता नेपाली कांग्रेससँग ६३ संसद रहेका छन् । कांग्रेसलाई एमाले बाहेकको सरकार गठन गर्न बाँकी दुवै दल माओवादी र जसपासँग सहकार्य गर्नुपर्ने हुन्छ ।

त्यसैगरी माओवादीका ५३ संसदमध्ये ४ संसद निलम्बनमा परेकोले हाल ४९ संसद मात्रै कायम छन् । उसलाई पनि सरकार गठनको लागि कांग्रेस र जसपाकै भर पर्नुपर्ने हुन्छ ।

यता ३२ संसद रहेका जसपाले एमालेसँग मिल्दा पनि बहुमत पुग्ने अवस्था छ भने कांग्रेस माओवादीसँग मिल्दा पनि बहुमत जुटाउन सक्ने अवस्थामा छ ।

त्यसैले पनि पछिल्लो सत्ता समीकरणमा जसपा निर्णायक अवस्थामा देखिएको छ ।

विवाद कायमै

नयाँ सरकार गठनको विषयमा जसापभित्रको विवाद भने कायमै छ । जसपाका नेताद्धय महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री ओलीनिकट देखिएका छन् ।

आफ्नो मागहरु देउवा र प्रचण्डले पूरा गर्न नसक्ने भन्दै ओली सरकारमै सहभागी भएर माग पूरा गराउन सजिलो हुने बताउँदै आएका छन् ।

तर डा बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओलीका पछिल्ला कदमले उनलाई जनताले नरुचाएको र उनैसँग सरकारमा गएमा

आउँदो निर्वाचनमा जनतामाझ जसपाको छबी बिग्रने भन्दै कांग्रेस माओवादीसँग मिलेर सरकार बनाउनुपर्ने बताउँदै आएका

छन् । साथै डा भट्टराईले माओवादीसँग मिलेर सरकार गठन गर्दा चुनावी तालमेलको सम्भावना पनि रहने भन्दै कांग्रेस

माओवादीसँग मिलेर ओलीलाई सत्ताबाट हटाइहाल्नुपर्ने बताउँदै आएका छन् ।