मंगलबार , मंग्सिर २१, २०७८

लकडाउन हुने बारे यस्तो भन्छन् प्रधानमन्त्री , यति गतेबाट लकडाउन हुने आशंका

चैत्र २९, २०७७ आइतबार 95

लकडाउन हुने बारे यस्तो भन्छन् प्रधानमन्त्री , यति गतेबाट लकडाउन हुने आशंका

काठमाडौँ

चैत्र

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि

सरकारले भरसक बन्दाबन्दी अर्थात लकडाउन लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन् ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३०औँ वार्षिक साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै मन्त्री ढकालले कोभिड महामारी नियन्त्रणका लागि सरकार लागिपरेको बताए ।

उनले भने, “विगतको कहालीलाग्दो अवस्थाले फेरि पनि झकझकाइरहेको छ ।

कोभिड महामारीको जोखिम नियन्त्रण र परिस्थितिलाई सहज बनाउने तयारीमा सरकार जुटिरहेको छ, भरसक बन्दाबन्दी नगरी

परिस्थितिलाई नियन्त्रणमा लिने प्रयत्न जारी रहन्छ, कुनै विपत्ति आइलागेमा सामना गर्नुको विकल्प पनि छैन, अहिलेको अवस्थामा सबैले सजकता अपनाउन जरुरी छ ।

पर्यटनमन्त्री ढकालले कोभिड महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र पछिल्ला दिनमा केही

सुधाराका सङ्केत देखिए पनि केही दिनदेखि लगातार बढिरहेको कोभिडका सङ्क्रमितको सङ्ख्याले थप भयाबह स्थिति सिर्जना हुने खतार बढेको उल्लेख गरे ।

पर्यटनमन्त्री ढकालले छ हजार माथिका २७ चुली (पिक) को आरोहण व्यवस्थापनको जिम्मेवारी पाएको एनएमएलाई यसका

अतिरिक्त अझै विस्तार गर्नेतर्फ सरकार सकारात्मक रहेको तथा सोको पहालकदमी गर्न पर्यटन मन्त्रालय तयार रहेको बताए ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले एनएमएको हालको भूमिकालाई थप प्रभावकारी तुल्याउन तथा

संस्थालाई नवप्रवर्तन र पूर्वाधार विकासमा सक्रियता गराउन सुझाव दिए ।

एनएमएका अध्यक्ष सन्तवीर लामाले संस्थाको ४८ वर्षे इतिहासमा २४ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहणदेखि

विश्वकै जोखिम हिमाल पाकिस्तानस्थित ‘माउन्ट केटू’ को यसै वर्ष १० नेपाली आरोहीले सफलतापूर्वक आरोहणले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर फैलाउन सफल भएको उल्लेख गरे ।

कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण बढी भएका स्थानहरुमा शैक्षिक संस्था कमित्मा ३ हप्तासम्म बन्द गर्ने प्रस्ताव गरेको छ ।

आज बसेको सीसीएमसी बैठकले कोरोना संक्रमण बढी देखिएका ठाउँमा ३ साताका लागि विद्यालय बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो । मनित्रपरिषद्ले निर्णय गरेपछि लागु हुनेछ ।

उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षमा सिंहदरवारमा बसेको बैठकले काठमाडौं, पोखरा

लगायतका ठाउँ र केही विद्यालय तथा कलेजमा एस जिन नेगेटिभ (वेलायतको नयाँ भेरियन्ट) को मात्रा बढेकोले यस्तो व्यवस्था गर्न सिफारिस गरिएको हो ।

अहिले विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढी रहेकाले त्यस्ता स्थानमा अनलाइन माध्यमबाट पठनपाठन सन्चालन गर्नको व्यवस्था गरि विद्यालय बन्दका लागि सिफरिस गरिएको हो ।

यस्तै सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतका क्षेत्र तथा धार्मिक स्थानहरुमा

जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न र डीसीसीएमसीले कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ ।

रात्रिकालिन व्यवसायहरु राति १० बजेपछि बन्द गर्नुपर्ने र संक्रमणको अवस्था हेरि एउटा स्थानीय तहबाट अर्कोमा नियन्त्रित आवागमन गर्ने निर्णय समेत भएको छ ।

कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण बढी भएका स्थानहरुमा शैक्षिक संस्था कमित्मा ३ हप्तासम्म बन्द गर्ने प्रस्ताव गरेको छ ।