भर्खरै सकियो सीसीएमसीको बैठक, यी ठाउँमा हुन सक्छन २१ दिन शैक्षिक संस्था ब’ न्द

काठमाडौँ

चैत्र २८

कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण बढी भएका स्थानहरुमा शैक्षिक संस्था कमित्मा ३ हप्तासम्म बन्द गर्ने प्रस्ताव गरेको छ ।

आज बसेको सीसीएमसी बैठकले कोरोना संक्रमण बढी देखिएका ठाउँमा ३ साताका लागि विद्यालय बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो । मनित्रपरिषद्ले निर्णय गरेपछि लागु हुनेछ ।

उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षमा सिंहदरवारमा बसेको बैठकले काठमाडौं, पोखरा

लगायतका ठाउँ र केही विद्यालय तथा कलेजमा एस जिन नेगेटिभ (वेलायतको नयाँ भेरियन्ट) को मात्रा बढेकोले यस्तो व्यवस्था गर्न सिफारिस गरिएको हो ।

अहिले विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढी रहेकाले त्यस्ता स्थानमा अनलाइन माध्यमबाट पठनपाठन सन्चालन गर्नको व्यवस्था गरि विद्यालय बन्दका लागि सिफरिस गरिएको हो ।

यस्तै सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतका क्षेत्र तथा धार्मिक स्थानहरुमा

जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न र डीसीसीएमसीले कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ ।

रात्रिकालिन व्यवसायहरु राति १० बजेपछि बन्द गर्नुपर्ने र संक्रमणको अवस्था हेरि एउटा स्थानीय तहबाट अर्कोमा नियन्त्रित आवागमन गर्ने निर्णय समेत भएको छ ।

कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण बढी भएका स्थानहरुमा शैक्षिक संस्था कमित्मा ३ हप्तासम्म बन्द गर्ने प्रस्ताव गरेको छ ।

आज बसेको सीसीएमसी बैठकले कोरोना संक्रमण बढी देखिएका ठाउँमा ३ साताका लागि विद्यालय बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो । मनित्रपरिषद्ले निर्णय गरेपछि लागु हुनेछ ।

उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षमा सिंहदरवारमा बसेको बैठकले काठमाडौं, पोखरा लगायतका ठाउँ र केही विद्यालय तथा कलेजमा एस जिन

नेगेटिभ (वेलायतको नयाँ भेरियन्ट) को मात्रा बढेकोले यस्तो व्यवस्था गर्न सिफारिस गरिएको हो ।

अहिले विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढी रहेकाले त्यस्ता स्थानमा अनलाइन माध्यमबाट पठनपाठन सन्चालन गर्नको व्यवस्था गरि विद्यालय बन्दका लागि सिफरिस गरिएको हो ।

यस्तै सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतका क्षेत्र तथा धार्मिक स्थानहरुमा जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न र डीसीसीएमसीले कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ ।

रात्रिकालिन व्यवसायहरु राति १० बजेपछि बन्द गर्नुपर्ने र संक्रमणको अवस्था हेरि एउटा स्थानीय तहबाट अर्कोमा नियन्त्रित आवागमन गर्ने निर्णय समेत भएको छ ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal