प्रचण्डले घोषणा गरे नयाँ सरकार , प्रधानमन्त्री को ?

काठमाडौँ

चैत्र

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनमै नयाँ सरकार गठन हुने बताएका छन्।

उनले प्रधानमन्त्री केपी ओलीको सरकार धेरै दिन नरहने बताए।शनिबार नेपाल निजामती कर्मचारी संगठनको चौथो केन्द्रीय

परिषद भेलालाई सम्बोधन गर्दै दाहालले जनतालाई दु:ख नदिइकन, आन्दोलन नगरिकन नयाँ सरकार गठनको प्रयासमा आफूहरू रहेको बताए।

‘केही दिनभित्रै कालो बादल हट्छ,’ दाहालले भने, ‘यो प्रयास निरन्तर रुपमा अघि बढाइरहेका छौं।

दाहालले देशलाई अप्राकृतिक रुपमा विखण्डित गर्ने प्रयास राष्ट्र र जनताकै लागि निकै पीडा भएको बताए।

उनले अहिले जबरजस्ती राज्यसत्ता कब्जा गर्ने अभियान चलेको पनि बताए।

जे आधिकारिक, संवैधानिक हो त्यसलाई निमोठिएको छ। यहीँबाट सबैचिजमा निकै ठूलो अन्योल र सन्त्रास छ,’ दाहालले भने।

उनले ७० प्रतिशत पार्टीको संसदीय संख्याले गरेको निर्णय संविधान र ऐन अनुकूल थियो भन्दै सेटिङमार्फत् आधिकारिकतालाई सरकारले खारेज गरेको बताए।

‘संसदीय दलको बहुमतले हस्ताक्षर गरेर केपी ओलीलाई दलको नेताबाट हटाएको थियो। संसद सचिवालयमा दर्ता गरिएको

थियो। यो वैधानिक थियो,’ दाहालले भने, ‘तर, सरकारले सेटिङमार्फत आधिकारिकलाई खारेज गरिदियो। जे अवैधानिक र छलछाम छ त्यसलाई कायम गरिदियो।’

उनले हटाइसकेको प्रधानमन्त्री र पार्टी अध्यक्षलाई फेरि कायम राखिएको बताए।

‘यो निकै विचित्र भइरहेको छ। लोकतन्त्रको मूल्य मान्यता न्यूनतम् रुपमा पनि देखिएन,’ उनले भने, ‘सबै सेटिङ भयो, क-

कसले गरेका छन् भन्ने हेर्नुभएकै होला। यस्तो बेला तपाईंहरूले न्याय पाउने, आत्मसम्मान र विधिपूर्वक वृत्ति विकास पाउन सक्नु हुन्न।’

उनले कर्मचारीलाई आतंकमा बाँच्न बाध्य पारिएको बताए। ‘सबै राज्यका अंगलाई सन्त्रासमा राखिएको छ।

राज्यका सबै अंगमा जबरजस्ती कब्जा जमाउने षडयन्त्र भएको छ,’ दाहालले भने, ‘यो निकै ठूलो बिडम्बना हो।

उनले पूर्वएमालेको भोट माओवादीलाई र पूर्वमाओवादीको भोट एमालेलाई परेको स्मरण गर्दै अहिले त्यो भोट छुट्याउन सकिन्छ भन्दै प्रश्न गरे।

‘दुनियाँमा यस्तो कहीँ हुन्छ? अब ती भोट हाल्ने मानिसलाई के भनेर परिभाषित गर्ने? तर,  हाम्रो देशको अदालतले परिभाषित

गरिदियो। माग्दै नमागेको कुरालाई परिपूर्ति गरिदियो,’ दाहालले भने।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा

. बाबुराम भट्टराईसँग भेट गरेका छन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास

बुढानीलकण्ठमा भेटेपछि प्रचण्ड बाबुरामलाई भेट्न टोखास्थित भट्टराई निवास पुगेका थिए ।

मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गराएका प्रचण्ड लगत्तै भेटवार्तामा सक्रिय भएका हुन् ।

भ्रष्टाचारको मामिलामा मुछिएको घटनापछि एक गृहमन्त्रीले राजीनामा नै दिनुपरेको छ ।

भारतको महाराष्ट्र राज्यका गृहमन्त्री अनिल देशमुखले सोमबार मुख्यमन्त्री उद्धव ठाकरेलाई देशमुखले राजीनामा बुझाएका हुन् ।

केही समयअघि मात्र भ्रष्टाचारको मामिलामा मुछिएका देशमुखमाथि अनुसन्धान गर्न मुम्बई उच्च अदालतले सीबीआईलाई आदेश दिएको थियो ।

पूर्वप्रहरी कमिश्नर परमवीर सिंहले मुख्यमन्त्रीलाई पत्र लेख्दै गृहमन्त्रीले प्रहरी अधिकारीलाई मासिक एक सय करोड उठाउने लक्ष्य दिएको आरोप लगाएका थिए ।

सोमबार मुम्बईको उच्च अदालतले सोही विषयमा अनुसन्धानको लागि सीबीआईलाई आदेश दिएको हो ।

अदालतले यस विषयमा १५ दिनभित्र अनुसन्धानको प्रतिवेदन बुझाउन पनि निर्देशन दिएको छ ।

अन्य प्रहरी अधिकारीले पनि मुख्यमन्त्रीलाई पत्र लेख्दै गृहमन्त्रीमाथि असन्तुष्टि जनाएका थिए ।

देशमुख लामो समयदेखि महाराष्ट्रको मन्त्री रहँदै आएका थिए । यसपटक भ्रष्टाचार मामिलामा मुछिएपछि भने उनको

राजनीतिक जीवनमा धक्का पुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सा’वधानी न’अपनाए ल’कडाउन गर्नु पर्ने अवस्था आउन सक्ने बताएका छन्।

नेपाल चेम्बर अफ कमर्शको ७०औं साधारणसभामा बोल्दै प्रधानमन्त्री ओली भारतमा १ लाखभन्दा बढी सक्रमित बढेको भन्दै सचेतना अ’पनाउन सबैलाई आग्रह गरे ।

भारतमा अत्याधिक मात्रामा संक्रमितको संख्या बढेको छ र नेपालमा पनि पछिल्लो समय संक्रमितको संख्या बढिरहेको छ

ओलीले भने हामीले सा’वधानी अ’पनाएनौं भने सरकार फेरि लकडाउन गर्न बाध्य हुनेछ ।

सकेसम्म सरकार फेरि लकडाउन गर्ने पक्षमा नरहेको प्रष्ट पादै प्रधानमन्त्री ओलीले सबैलाई स्वास्थ मा’पदन्ड अपनाउन आग्रह गरे ।

उनले मास्क लगाउन, हात धुन, घरबाहिर खाना नखान र बेसार पानी खान आग्रह पनि गरे

हाम्रो जनजीवनलाई ठ’प्प पनि नगर्ने । सा’वधान भएनौं भने ठ’प्प गर्नुपर्ने स्थिति आउनसक्छ उनले भने ।

उनले कोभिड-१९ ले अन्य मूलुकमा जस्तो नेपालमा ध’क्का नपरेको दाबी पनि गरे ।

अर्काे प्रसंगमा उनले नेतृत्व सत्यको मार्ग, देश र जनताको स्वा’र्थको मार्ग र इ’मान भएमा मात्रै देश बन्ने बताए ।

ओलीले आफू स’त्यसँग न’लड्ने, श’क्तिसँग न’झुक्ने सूत्रमा रहेको दा’बी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal