मंगलबार , मंग्सिर २१, २०७८

यस्तो छ आज बसेको तीन दलिय बैठकको निर्णय, पूरा पढ्नुहोस्

चैत्र २८, २०७७ शनिबार 38

यस्तो छ आज बसेको तीन दलिय बैठकको निर्णय, पूरा पढ्नुहोस्

काठमाडौँ

चैत्र

नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सामू आफ्नो पार्टीको नेतत्वमा सरकार बनाउने प्रस्ताव

राखेको छ । माओवादी केन्द्र त्यसमा सहमत भएपनि जसपाले यसबारे छलफल गर्न समय मागेकाले शुक्रबारको बैठकमा कुनै सहमति भएन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार तीन दलको बैठक बोलाएका थिए ।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा बसेको बैठकमा देउवाले पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार माओवादी केन्द्र र

जसपासँग मिलेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव राखेका थिए ।

बैठकमा जसपा नेताहरुले नयाँ सरकारको औपचारिक प्रस्ताव आएकाले पार्टीमा छलफल गर्ने बताएका बैठकमा सहभागी एक

नेताले बताए । यसबारे छिट्टै निर्णय गर्ने उनीहरुले बताए । जसपाका नेताहरुले मुद्दा फिर्ता, बन्दीहरुको रिहाई लगायतका मुद्दा पनि रहेको बताए ।

माओवादी केन्द्रले भने वर्तमान सरकारको विकल्प खोज्ने देउवाको प्रस्तावमा सहमति जनाएको छ ।

यो पनि पढ्नुहोस्: सुपरमार्केट भित्र प्रवेश गरि विशालकाय छेपारोले मचाए हंगामा

भाइरल भिडियो सहित ।

सोशल मिडियामा कहिले काहीं यस्तो भिडियो भाईरल हुन्छ की जसलाई देखेर हामी अचम्ममा पर्छौं ।

हालैमा यस्तै एक भिडियो थाईल्याण्डवाट भाइरल भइरहेको छ । जसमा एउटा सुपरमार्केटमा विशाल छेपारो घुसेर हँगामा मचाएको छ ।

उक्त भिडियो जर्नलिष्ट एंडू मार्शलले पोष्ट गरेका थिए । उक्त घटना थाईल्याण्डको राजधानी वैङ्ककमा अवस्थित एउटा

सुपरमार्केटमा भएको हो । उक्त समयमा त्यहाँ भएका ग्राहकहरु डराएका थिए ।

भिडियोमा छेपारो डिपार्टमेन्टको राखेको सामानमा चढेको र त्यो सामानहरु खसालेको देख्न सकिन्छ ।

फेरी सामानहरु माथि चढेर आरामसँग वसेको र त्यहाँ आएका ग्राहकहरु डराएर सवै सामानको ना’ स गर्यो भनि कराएको सुनिन्छ ।

केही व्यक्तिले भने वाहिरको गर्मिवाट वच्न छेपारो भित्र आएको हुनसक्ने वताए ।

पछि उक्त छेपारोलाई मानिसहरुले जसोतसो वाहिर पठाए । सोशल मिडियामा उक्त भिडियो ज्यादै भाइरल भएको र थुप्रै कमेन्ट पनि पाएको छ ।