तीन दलको बैठक बस्दै, नयाँ सरकार गठन गर्ने निर्णय होला ? भर्खरै यस्तो आयो सुचना

काठमाडौँ

चैत्र २७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि तीन दलको बैठक बोलाएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार दिउँसो ३ः०० बजे पार्टी कार्यालय सानेपामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र)सँगको बैठक बोलाएका हुन् ।

जसपा र माओवादी केन्द्र दुवै पार्टीलाई बैठकबारे जानकारी दिइसकिएको एक कांग्रेस नेताले जानकारी दिए ।

केही दिनअघि मात्र कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नो

नेतृत्वमा नयाँ सरकार गठन गर्न अग्रसरता लिने निर्णय गरिसकेको अवस्थामा बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।

काठमाडौ । एमालेका वरिष्ट नेता माधवकुमार नेपाल नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा पुगेका छन्।

केपी शर्मा ओलीले खनाल-नेपाल समूहलाई पाखा लगाएर नै पुनर्स्थापित नेकपा एमाले चलाउने तयारी गरेपछि संसदको सबैभन्दा ठूलो पार्टी विभाजित हुने अवस्थामा पुगेको हो।

माधव नेपालसहितका नेताहरुलाई ओलीले एकलौटी रुपमा पेल्दै गएपछि नेपालसहितका नेताहरु नयाँ पार्टी गठनसम्मको अबस्थामा पुगेको आन्तरीक श्रोतले बताएका छन् ।

हामीसँग कुरा गर्दै माधव समुहका एक नेताले भने अब आलीको यो हदको व्यावहार सहेर बस्ने अबस्था छैन ।

नेपाली कम्युनिष्ट पार्टीको नाममा पार्टी दर्ता र उदाउदो सुर्यलाई निर्वाचन चिन्हको रुपमा दर्ता गरेर साना कम्युनिष्ट पार्टीहरुसँग

एकताको तयारीसहित अगाडी बढ्नेसम्मको तयारीरहेको बताएका छन् ।

नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउने अभियानमा आफू लागिसकेको भन्दै विभिन्न समानान्तर कमिटि

गठन प्रक्रियालाई तिब्रता दिएका छन्।नेपालले केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी बनाउने भन्दै यो प्रक्रिया गाउँ गाउँसम्म पुग्ने घोषणा गरे।

नेपालले चाँडै पार्टी खोल्ने निश्चित भएको छ। नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउने अभियानमा आफू लागेको बताएका हुन्।

खनाल–नेपाल समूहले चालेका कदमलाई हेर्दा खनाल–नेपाल समूह भिन्दै पार्टी गठनको तयारीमा रहेको बुझ्न सकिन्छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal